५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीको इनरुवा तनाबग्रस्त

२४ आश्विन २०७८, आईतवार ०७:३४

असोज २४, काठमाडौँ | सुनसरीको इनरुवाको अवस्था तनाबग्रस्त भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका एक युवकले आत्महत्या गरेको घटनापछि अहिले इनरुवाको अवस्था तनाबग्रस्त भएको हो।

केहीदिन अगाडि पक्राउ परेका भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ५ का २५ वर्षे हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा गाम्छाको पासो लगाएर आत्महत्या गरेपछि इनरुवाको अवस्था तनाबग्रस्त भएको हो। इनरुवा तथा आसपासका बासीन्दाले आज बिहानैदेखि इनरुवा बजार बन्द गरि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेपछि तनाबग्रस्त भएको हो।

प्रर्दशनकारीले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि केही बेर अघि प्रहरीले लाठी चार्ज र केही राउन्ड अश्रृग्यास प्रहार गरि भीड तितरवितर पारेपनि फेरि प्रदर्शनकारीले संगठीत भएका छन्। उनीहरुले प्रहरी कार्यालय अगाडि प्रदर्शन जारी राखेका छन्।

स्थिती नियन्त्रण बाहिर जान नदिनका लागि राजनीतिक दलका नेतृत्वले प्रयास गरि रहेपनि सम्भव हुन सकेको छैन। संघीय सांसद सीताराम मेहताले संसदीय छानविन समिति गठन गर्न दबाब दिने र स्थिती सहज बनाउन प्रदर्शनकारीलाई आग्रह गरि रहेको बताए।

इनरुवा वडा नं. ९ बबियाका एक युवतीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र पक्राउ गरेको थियो। पक्राउ परेका हकिवले पसो लगाएर आत्महत्या गरेको सुनसरी प्रहरीले जनाएको छ। तर, युवकका आफन्तले भने प्रहरी हिरासतमा प्रहरीले नै मारेको अरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता