२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देही घटना : गोली लागेर मृत्यु भएका तीन जनाको सनाखत हुन सकेन

२०७८, २५ आश्विन सोमबार ०५:३७

असोज २५, काठमाडौँ, न्युज कारखाना | रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर आइतबार मृत्यु भएका चार जनामध्ये तीन जनाको सनाखत हुन सकेको छैन । गोली लागेर गम्भीर घाइते भएर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका तीन जनाको अहिलेसम्म सनाखत हुन नसकेको हो । कपिलवस्तु वाणगंगा-१० का २० वर्षीय रमेश परियारको मात्रै सनाखत भएको छ । मृतकको शव भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा राखिएको छ । आइतबार दिउँसो भएको घटनामा १६ जना सर्वसाधारण घाइते भएका थिए । १६ जनामध्ये चार जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । झडपमा परी ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १५ जना गरी ३१ जना घाइते भएको जानकारी दिए । आइतबार अपरान्ह प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनु परेको प्रजिअ तिवारीले बताए । उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्न खटिएका प्रहरीमाथि ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले आफ्नो ज्यान जोगाउन गोली चलाउनु परेको बताए । 'प्रहरी प्रशासनले संयमता नअपनाएको भए ठूलो क्षति हुने अवस्था थियो', तिवारीले भने, 'लाठीचार्ज, अश्रुग्यास, हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको हो ।' 

विगत एक सातादेखि मोतिपुर औद्योगिक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएर सार्वजनिक जग्गा कब्जा गरेर घरटहरा बनाउन लागेपछि सुरक्षाकर्मीले टहरा भत्काउन थालेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा