गौरव पोखरेल
वैशाख ६, झापा
। सामाजिक र प्रेम कथामा आधारित चलचित्र ‘बाटो मुनिको फूल–२’ यही वैशाख १० गतेदेखि देशैभर एकै
साथ प्रदर्शनमा आउने भएको छ ।
अधिकांश दृश्यहरु झापामा छायाङ्कन गरिएको यस चलचित्रका निर्माता एवम्
कलाकार यश कुमार र बाबु बोगटीले विर्तामोडमा पत्रकार सम्मेलन गरी चलचित्र बारे जानकारी दिएका हुन्
।
‘झापा जिल्लाको २०४० साल र अहिलेसम्मको परिवर्तनलाई पनि दर्शकहरुले चलचित्रमा हेर्न सक्ने छन्’,
पत्रकार सम्मेलनमा यश कुमारले भने, ‘झापाली कलाकारहरुको पनि यसमा शसक्त अभिनय छ ।’
उनका अनुसार
चलचित्र करिब १ करोड १५ लाख रुपैयाँको लगानीमा निर्माण भएको हो । जातीय विभेदको विषयलाई लिएर युवा
वर्गलाई लक्षित गर्दै निर्माण गरिएको यस चलचित्रमा ८ वटा गीत समावेश गरिएको छ ।
पत्रकार सम्मेलनमा
फिल्म हेरिसकेपछि दर्शकहरुलाई कुनै गुनासो नरहने बताउँदै कलाकार बोगटीले चलचित्र हेरेर प्रतिक्रिया दिन
आग्रह गरे । चलचित्रको पार्ट वान सफल चलचित्रको रुपमा प्रस्तुत भइसकेको छ ।
हेर्नुहोस
फिल्मको ट्रेलर