४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाली काव्यतारामा निरौलासहित पाँच छानिए

१२ बैशाख २०७३, आईतवार ०९:४३

बिर्तामोड, वैशाख १२ । साहित्य विज्ञान
प्रतिष्ठान नेपालले आयोजना गरेको जिल्लास्तरीय खुल्ला कविता प्रतियोगिता ‘झापाली काव्यतारा’मा
पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलासहित पाँच जना छनौट भएका छन् ।

साहित्य विज्ञान प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति झापाद्वारा आयोजित प्रथम झापाली
काव्यतारा र बालताराको खोजी नाम दिइएको उक्त प्रतियोगितामा झापा डाँगीबारीका निरौला, गरामनीकी अञ्चला
सुवेदी, दमकका विष्णु न्यौपाने, बिन्दु दाहाल,दीपा दाहाल झापाली काव्यतारातर्फ छनौट भएका हुन् । यसअघि
उक्त प्रतियोगिता धनकुटामा समेत सम्पन्न भएको थियो । कार्यक्रममा छनौट भएका झापाली काव्यतारालाई
धनकुटेली काव्यताराहरु मनु विश्वकर्मा केजी सुब्बा, उत्तम लिम्बू, टेकनाथ न्यौपाने, जगमाया मादेनले
स्वाभिमानको निशाना स्वरुप नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए । प्रतियोगितामा छनौट भएका
काव्यतारालाई आगामी जेठ ८ गते काठमाडौंमा हुने प्रतिष्ठानको दोस्रो वार्षिकोत्समा सामुहिक नगद ५० हजार,
सोही दिन विमोचन हुने १ दर्जन साहित्यिक कृतिहरु, प्रमाणपत्र, संस्थाको लोगो अंकित नेपालको राष्ट्रिय
झण्डा प्रदान गरिने बताइएको छ ।

प्रतिष्ठानका महासचिव रसिक
किरात, कार्यलय सदस्य हेमा अधिकारी, मेची क्याम्पसका प्राध्यापक लीलापं्रसाद अधिकारी रहेको निर्णायक
मण्डलले उक्त छनौट गरेको हो । प्रतिष्ठानका झापा अध्यक्ष टीकाराम आचार्यको अध्यक्षता तथा प्रमुख जिल्ला
अधिकारी मदन भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका झापा सचिव ताराप्रकाश भट्टराईले
स्वागत गरेका थिए । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सगोत्री आचार्यले प्रतिष्ठानको उद्देश्य र
कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा गीतकार शिवशंकर थापा, साहित्यकार केशव आचार्य,
रोहिणीविलाश लुइटेल, चुडामणि वशिष्ठ, प्रतिष्ठानका धनकुटा अध्यक्ष मुकुन्द प्रयास, , अशोक प्रज्ज्वल,
केन्द्रीय उपमहासचिव रोशन परियार, झापा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की लगायतको
आतिथ्य रहेको थियो । सोही कार्यक्रममा झापाली बाल ताराको समेत प्रतियोगिता गराइएको थियो ।

विभिन्न विद्यालयका ४० जना बालबालिकाको सहभगिता रहेको कार्यक्रममा
बालबालिकाहरुले आ—आप्mनो प्रतिभा अनुसार चित्र, निवन्ध, कविता, गीत, नृत्य प्रस्तुत गरेको प्रतिष्ठान
झापाका शिशिर सिंखडाले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय गायक धनु ज्ञाङमी, निशान सिंखडाले गीतसमेत
प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य गिरिराज भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’