२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

शैक्षिक नगरीको रुपमा विकसित हुँदै सुरुङ्गा

२०७३, १४ बैशाख मंगलवार ०१:३३

बैशाख १४, सुरुङ्गा (सास) । बन्दमुक्त शान्ति क्षेत्रको रुपमा रहेको
सुरुङ्गा शैक्षिक नगरीको रुपमा पनि विकसित हुँदै गएको छ ।

पूर्व–पश्चिम राजमार्गदेखि ९ सय मिटर उत्तर कनकाई
नगरपालिका–२ सुधीरमार्गस्थित झर्नाबस्तीमा ३ बिगाहा जमिनमा १० करोडको लगानीमा सुविधासम्पन्न अंग्रेजी
माध्यममा पठनपाठन हुने निजी विद्यालय स्थापना हुने भएको हो ।


सोमबार कार्यक्रमका प्रमुख अतिथि दुर्गापुर स्रोत केन्द्रका स्रोतव्यक्ति खड्ग खरेलले
पञ्चकन्याका साथ वैदिक विधिपूर्वक विद्यालयको भवनको शिलान्यास गरे ।

भवन निर्माण सम्पन्न भएपछि शैक्षिक सत्र २०७५ देखि
उक्त विद्यालय सञ्चालनमा आउने जनाइएको छ ।

शुरुमा कक्षा ७ सम्म सञ्चालन गरी भविष्यमा स्नातकोत्तर तहसम्म पढाइ हुने शैक्षिक
केन्द्रको रुपमा विकास गरिने लक्ष्य राखिएको सञ्चालकहरुको भनाइ छ ।

विद्यालयका ७ जना सञ्चालकहरु गोपाल सिटौला, टेकनारायण
संग्रौला, युवराज अधिकारी, दिनेश शिवाकोटी, मनोज शिवाकोटी, यादव शर्मा धिताल र मलिना श्रेष्ठ रहेका छन्

ख्याम ओली, हरिप्रसाद
तिम्सिना, त्रिलोचन चिमरिया, प्रचण्ड सुब्बा, टीकाकुमार पोखरेल लगायतको आतिथ्य रहेको शिलान्यास
कार्यक्रममा गोपाल सिटौलाको अध्यक्षता र युवराज अधिकारीको स्वागत मन्तव्य रहेको थियो भने लक्ष्मीप्रसाद
अधिकारीले औचित्यमाथि प्रकाश पारेका थिए ।

सञ्चालन गोपीचन्द्र मिश्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ