४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

शैक्षिक नगरीको रुपमा विकसित हुँदै सुरुङ्गा

१४ बैशाख २०७३, मंगलवार ०१:३३

बैशाख १४, सुरुङ्गा (सास) । बन्दमुक्त शान्ति क्षेत्रको रुपमा रहेको
सुरुङ्गा शैक्षिक नगरीको रुपमा पनि विकसित हुँदै गएको छ ।

पूर्व–पश्चिम राजमार्गदेखि ९ सय मिटर उत्तर कनकाई
नगरपालिका–२ सुधीरमार्गस्थित झर्नाबस्तीमा ३ बिगाहा जमिनमा १० करोडको लगानीमा सुविधासम्पन्न अंग्रेजी
माध्यममा पठनपाठन हुने निजी विद्यालय स्थापना हुने भएको हो ।


सोमबार कार्यक्रमका प्रमुख अतिथि दुर्गापुर स्रोत केन्द्रका स्रोतव्यक्ति खड्ग खरेलले
पञ्चकन्याका साथ वैदिक विधिपूर्वक विद्यालयको भवनको शिलान्यास गरे ।

भवन निर्माण सम्पन्न भएपछि शैक्षिक सत्र २०७५ देखि
उक्त विद्यालय सञ्चालनमा आउने जनाइएको छ ।

शुरुमा कक्षा ७ सम्म सञ्चालन गरी भविष्यमा स्नातकोत्तर तहसम्म पढाइ हुने शैक्षिक
केन्द्रको रुपमा विकास गरिने लक्ष्य राखिएको सञ्चालकहरुको भनाइ छ ।

विद्यालयका ७ जना सञ्चालकहरु गोपाल सिटौला, टेकनारायण
संग्रौला, युवराज अधिकारी, दिनेश शिवाकोटी, मनोज शिवाकोटी, यादव शर्मा धिताल र मलिना श्रेष्ठ रहेका छन्

ख्याम ओली, हरिप्रसाद
तिम्सिना, त्रिलोचन चिमरिया, प्रचण्ड सुब्बा, टीकाकुमार पोखरेल लगायतको आतिथ्य रहेको शिलान्यास
कार्यक्रममा गोपाल सिटौलाको अध्यक्षता र युवराज अधिकारीको स्वागत मन्तव्य रहेको थियो भने लक्ष्मीप्रसाद
अधिकारीले औचित्यमाथि प्रकाश पारेका थिए ।

सञ्चालन गोपीचन्द्र मिश्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’