४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाईको पर्यटन प्रबर्द्धन गर्न पदयात्रा

१९ बैशाख २०७३, आईतवार ०२:४७

padyatra 2वैशाख १९, जामुनबारी (सास) । कनकाई नगरपालिका
क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको  प्रबर्द्धन गर्ने उद्देश्यले नगर क्षेत्रका १ सय बढी स्थानीयको
एक समूहले चुरे क्षेत्रको अवलोकन भ्रमण गरेको छ ।

प्रमुख जिल्ला
अधिकारी मदन भुजेलले प्रजापति सामुदायिक वनको कार्यालय परिषरमा आयोजित एक कार्यक्रमका बीच पद यात्रा
कार्यक्रमको उद्घाटन गरे ।

पद यात्रामा नगर क्षेत्रका राजनितिक
दल, वडा नागरिक मञ्च एवम् संघसंस्थाहरुका प्रतिनिधि, प्राध्यापक, सञ्चारकर्मी, व्यवसायी, सुरक्षाकर्मी
लगायतको सहभागिता थियो ।

प्रजापति सामुदायिक वनबाट शुरु भएको
भ्रमण गैंडे आहाल, सेती खोला, बरडाँडा, नानीपानी, जामुनवारी सामुदायिक वन क्षेत्रको भुरुङ्गा खोलाको
शिर, वेलपानी, सुकेडाँगी वन क्षेत्रको तिरतिरे धारो हुँदै इलामको दानावारी–१ स्थित होमस्टेको सम्भावना
बोकेको पुर्वे डाँडामा पुगेको थियो ।

त्यहाँ अन्तरक्रिया
कार्यक्रम गरियो । कार्यक्रममा कनकाई पर्यटन प्रवद्र्घन समन्वय समितिका संयोजक राजेन्द्र पोखरेलले भने,
‘यहाँको धार्मिक, सामाजिक, ऐतिहासिक, प्राकृतिक विशिष्टतालाई प्रबद्र्धन गर्न दीर्घकालीन सोचका साथ
पहिलो चरणमा चुरे क्षेत्रको पदमार्ग पहिचानका यो कार्यक्रम गरिएको हो ।’

गत चैत्र १२ गते सरुङ्गा प्रेस क्लबको आयोजनामा जामुनखाडी सिमसार क्षेत्रमा भएको विचार
गोष्ठीमा सहभागीहरुले यस क्षेत्रलाई पर्यटकीय नगरीको रुपमा प्रबर्द्धन गर्न यो कार्यक्रम आयोजना गर्न माग गरेका थिए । Padyatra 1

सोही अनुरुप
राजेन्द्र पोखरेलको संयोजकत्वमा स्थानीय सामुदायिक वनका अध्यक्षहरु क्रमशः पर्शुराम गिरी, गंगाप्रसाद
ढुंगेल, रुद्रप्रसाद चिमरिया, सूर्य थापा साथै सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौला र कनकाई
उद्योग वाणिज्य संघका सचिव सोमनाथ उप्रेती गरी ७ सदस्यीय समन्वय समिति बनाइएको थियो ।

कार्यक्रमको आर्थिक व्यवस्थापन गर्न नगर क्षेत्रको ४ वटै सामुदायिक वनहरु
(प्रजापति, जामुनबारी, कनकाई तथा सुकेडाँगी) र कनकाई नगरपालिकाबाट १५ हजार रुपैयाँका दरले सहयोग प्राप्त
भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता