भदौ ३, नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासीको लापर्वाहीले यसबर्ष हाजी हजबाट बन्चित भएपछि हज कोटाको माग गर्दै मुस्लिम संघले आज प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । केन्द्रिय हज कमेटीले तोकेकोे म्याद भित्र  आवेदन फार्म सहित सम्पुर्ण काग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासीको लापर्वाहीले यसबर्ष हाजी हजबाट बन्चित भएपछि हज कोटाको माग गर्दै मुस्लिम संघले आज प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । केन्द्रिय हज कमेटीले तोकेकोे म्याद भित्र  आवेदन फार्म सहित सम्पुर्ण काग"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा प्रशासनको ध्यानाकर्षण गराउन मुस्लिम समुदायको ज्ञापन पत्र

३ भाद्र २०७३, शुक्रबार १०:५२

भदौ ३, नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासीको लापर्वाहीले यसबर्ष हाजी हजबाट बन्चित भएपछि हज कोटाको माग गर्दै मुस्लिम संघले आज प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । केन्द्रिय हज कमेटीले तोकेकोे म्याद भित्र  आवेदन फार्म सहित सम्पुर्ण कागजात जिप्रकामा बुझाईसक्दापनि प्रशासनको ढिलाईले हजयात्री बन्चित भएको आरोप लगाउदै प्रशासको ध्यानाकर्षण गराउन सो ज्ञापन पत्र बुझाएको हो ।


हज कमेटीले सबै जिल्लाकोे हज यात्रीहरुको आवेदन–पत्र पैसा र सम्पुर्ण कागजागतहरु २०७३ बैशाख ५ गते भित्र माग गरेको हुँदा हजयात्रीले समयमै कागजात जिप्रकामा बुझाएका थिए तर जिप्रकाले २५ दिन ढिलो गरि मात्र कागजातहरु सम्बन्धित निकायमा पठाएपछि हज कमेटीले कोटा अन्त बांडि सकिएको जवाफ दिएको मुस्लिम संघका जिल्ला अध्यक्ष कासिद अलिले बताउनु भयो । 

प्रशासन कार्यालयको लापरवार्हिले २० जना हजयात्रीहरु यो वर्ष हजबाट बन्चित भएपछि हज कोटाको व्यवस्थापनका लागि प्रशासन कार्यालय मार्फत गृह मन्त्रालय, केन्द्रिय हज कमेटी, साउदी अरब दुताबास र मुस्लिम आयोग लागयतका सम्बन्धित निकायहरुमा ज्ञापन पत्र बुझाएको हो ।  

यसवर्र्ष नेपालमा १ हजार हाजीकोटा परेको छ । हजका लागि तराईका २० जिल्लामा ५०÷५० जनाको हाजी कोटा कमेटीले छुट्टाएको थियो । तोकिएको म्यादभित्रै आवेदन फर्म सम्पुर्ण कागजात र १ लाख ८५ हजार रुपिया बुझाइसक्दापनि जिल्ला प्रशासनको कारणले हामी हज यात्रीहरु हज जानबाट बन्चित भएको हाजयात्रीहरुले बताएका छन् । यात्रीहरुका अनुसार यदि हाम्रो माग सम्बोधन भएन भने हामी चरणबद्ध रुपमा शसक्त आन्दोलनमा उत्रिने यसै ज्ञापन मार्फत यात्रीले जानकारी समेत गराएका छन् । 


उर्जा व्यवस्थापन विषयमा सचेतनामुलक कार्यक्रम

परासी, ३ भाद्र । नवलपरासीमा उर्जा दक्षता तथा उर्जा व्यवस्थापन सम्बन्धि एक दिवसीय चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ र उ.वा महासंघको संयुक्त आयोजना तथा नेपाल सरकार तथा जर्मन सरकारको सहयोगमा सो कार्यक्रम उद्योग वाण्ज्यि संघमा समपन्न भएको हो । 


उर्जा दक्षता तथा व्यवस्थापन नेपालमा २०१० सालेखि दुईवटा फेजमा डिभाईड गरि लागु भएको छ । उर्जा व्यवस्था अहिले नेपालको ३४ वटा उद्योग कारखानाहरुमा गरिसकिएको छ भने उर्जा व्यवस्थापनले ति उद्योगहरु निकै बचत र लाभान्वित भएको उद्योग वाण्ज्यि महासंघको उर्जाशाखा प्रमुख डा. उत्तम कुँवरले बताउनु भयो । उहाँका अनुसार उर्जा दक्षता तथा व्यवस्थापनको नेपाल प्रशस्त सम्भावना छ साथै उर्जा व्यवस्थापन उद्योगलाई अति आवश्यक पनि रहेको जानकारी दिनु भयो । 


कार्यक्रममा उद्योग वाण्ज्यि संघका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष भिम बहादुर थापा र कार्यक्रम प्रमुख तथा उद्योग वाण्ज्यि महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारी, अतिथि संघका बरिष्ठ उपाध्याक्ष नरेन्द्र कुमार गुप्ता, महासचिव गिरीराज पाण्डे, निवर्तमान अध्यक्ष बैजनाथ जयसवाल, सचिव तारा आचार्य, कोषाध्यक्ष राजेश गुप्त लगायतले उर्जामा दक्षता हासिल गर्न र व्यवस्थापन सबै उद्योगी तथा व्यवसायीहरुमा अति नै आवश्यक रहेको बताउनु भयो । उर्जा व्यवस्थापन गरे खर्च बचत र संस्था मुनाफारहित समेत हुने वक्ताहरुले भन्दै यस विषयमा सबैमा चेतना समेत हुन जरुरी रहेको बताएका छन् ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै