भदौ ३, नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासीको लापर्वाहीले यसबर्ष हाजी हजबाट बन्चित भएपछि हज कोटाको माग गर्दै मुस्लिम संघले आज प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । केन्द्रिय हज कमेटीले तोकेकोे म्याद भित्र  आवेदन फार्म सहित सम्पुर्ण काग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासीको लापर्वाहीले यसबर्ष हाजी हजबाट बन्चित भएपछि हज कोटाको माग गर्दै मुस्लिम संघले आज प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । केन्द्रिय हज कमेटीले तोकेकोे म्याद भित्र  आवेदन फार्म सहित सम्पुर्ण काग"/>
२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा प्रशासनको ध्यानाकर्षण गराउन मुस्लिम समुदायको ज्ञापन पत्र

२०७३, ३ भाद्र शुक्रबार १०:५२

भदौ ३, नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासीको लापर्वाहीले यसबर्ष हाजी हजबाट बन्चित भएपछि हज कोटाको माग गर्दै मुस्लिम संघले आज प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । केन्द्रिय हज कमेटीले तोकेकोे म्याद भित्र  आवेदन फार्म सहित सम्पुर्ण कागजात जिप्रकामा बुझाईसक्दापनि प्रशासनको ढिलाईले हजयात्री बन्चित भएको आरोप लगाउदै प्रशासको ध्यानाकर्षण गराउन सो ज्ञापन पत्र बुझाएको हो ।


हज कमेटीले सबै जिल्लाकोे हज यात्रीहरुको आवेदन–पत्र पैसा र सम्पुर्ण कागजागतहरु २०७३ बैशाख ५ गते भित्र माग गरेको हुँदा हजयात्रीले समयमै कागजात जिप्रकामा बुझाएका थिए तर जिप्रकाले २५ दिन ढिलो गरि मात्र कागजातहरु सम्बन्धित निकायमा पठाएपछि हज कमेटीले कोटा अन्त बांडि सकिएको जवाफ दिएको मुस्लिम संघका जिल्ला अध्यक्ष कासिद अलिले बताउनु भयो । 

प्रशासन कार्यालयको लापरवार्हिले २० जना हजयात्रीहरु यो वर्ष हजबाट बन्चित भएपछि हज कोटाको व्यवस्थापनका लागि प्रशासन कार्यालय मार्फत गृह मन्त्रालय, केन्द्रिय हज कमेटी, साउदी अरब दुताबास र मुस्लिम आयोग लागयतका सम्बन्धित निकायहरुमा ज्ञापन पत्र बुझाएको हो ।  

यसवर्र्ष नेपालमा १ हजार हाजीकोटा परेको छ । हजका लागि तराईका २० जिल्लामा ५०÷५० जनाको हाजी कोटा कमेटीले छुट्टाएको थियो । तोकिएको म्यादभित्रै आवेदन फर्म सम्पुर्ण कागजात र १ लाख ८५ हजार रुपिया बुझाइसक्दापनि जिल्ला प्रशासनको कारणले हामी हज यात्रीहरु हज जानबाट बन्चित भएको हाजयात्रीहरुले बताएका छन् । यात्रीहरुका अनुसार यदि हाम्रो माग सम्बोधन भएन भने हामी चरणबद्ध रुपमा शसक्त आन्दोलनमा उत्रिने यसै ज्ञापन मार्फत यात्रीले जानकारी समेत गराएका छन् । 


उर्जा व्यवस्थापन विषयमा सचेतनामुलक कार्यक्रम

परासी, ३ भाद्र । नवलपरासीमा उर्जा दक्षता तथा उर्जा व्यवस्थापन सम्बन्धि एक दिवसीय चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ र उ.वा महासंघको संयुक्त आयोजना तथा नेपाल सरकार तथा जर्मन सरकारको सहयोगमा सो कार्यक्रम उद्योग वाण्ज्यि संघमा समपन्न भएको हो । 


उर्जा दक्षता तथा व्यवस्थापन नेपालमा २०१० सालेखि दुईवटा फेजमा डिभाईड गरि लागु भएको छ । उर्जा व्यवस्था अहिले नेपालको ३४ वटा उद्योग कारखानाहरुमा गरिसकिएको छ भने उर्जा व्यवस्थापनले ति उद्योगहरु निकै बचत र लाभान्वित भएको उद्योग वाण्ज्यि महासंघको उर्जाशाखा प्रमुख डा. उत्तम कुँवरले बताउनु भयो । उहाँका अनुसार उर्जा दक्षता तथा व्यवस्थापनको नेपाल प्रशस्त सम्भावना छ साथै उर्जा व्यवस्थापन उद्योगलाई अति आवश्यक पनि रहेको जानकारी दिनु भयो । 


कार्यक्रममा उद्योग वाण्ज्यि संघका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष भिम बहादुर थापा र कार्यक्रम प्रमुख तथा उद्योग वाण्ज्यि महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारी, अतिथि संघका बरिष्ठ उपाध्याक्ष नरेन्द्र कुमार गुप्ता, महासचिव गिरीराज पाण्डे, निवर्तमान अध्यक्ष बैजनाथ जयसवाल, सचिव तारा आचार्य, कोषाध्यक्ष राजेश गुप्त लगायतले उर्जामा दक्षता हासिल गर्न र व्यवस्थापन सबै उद्योगी तथा व्यवसायीहरुमा अति नै आवश्यक रहेको बताउनु भयो । उर्जा व्यवस्थापन गरे खर्च बचत र संस्था मुनाफारहित समेत हुने वक्ताहरुले भन्दै यस विषयमा सबैमा चेतना समेत हुन जरुरी रहेको बताएका छन् ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने