यातायात व्यवसायीले राज्यलाई सबैभन्दा बढी कर तिर्दै आएका भएपनि व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको उनीहरुको आरोप छ । "/>
यातायात व्यवसायीले राज्यलाई सबैभन्दा बढी कर तिर्दै आएका भएपनि व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको उनीहरुको आरोप छ । "/>
भदौ ३, रोल्पा । जिल्लाका यातायात व्यवसायीले सरकारले आफुहरुलाई उपेक्षित गरेको गुनासो गरेका छन् ।
यातायात व्यवसायीले राज्यलाई सबैभन्दा बढी कर तिर्दै आएका भएपनि व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको उनीहरुको आरोप छ ।
“हाम्रा मागबारे सरकारले बेवास्ता गर्दैआएको छ,” समितिले आयोजना आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जलजला यातायात व्यवसायी समितिका अध्यक्ष तेजविक्रम रावतले भन्नुभयो ।
राज्इले आफूहरुलाई आवश्यकता अनुसार तालिम तथा प्रशिक्षण दिनुपर्नेमा उहाँले जोड दिनुभयो । यातायात क्षेत्रको विकासका लागि यातायात व्यवसायीलाई पनि अन्य क्षेत्र सरह सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।
जलजला यातायात समितिमार्फत जिल्लामा हाल ५३ वटा बस, चारवटा हाइस र ४२ वटा जिप सञ्चालनमा रहेका छन् । भदौ महिनाबाटै सुलिचौर हुँदै नेपालगन्जका लागि दुईवटा बस थप सञ्चालन गरेको समितिले जनाएको छ । रासस