बुद्धि पुन/भदौ ३, सल्यान । सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले सुचना दिने कुरामा कञ्जुसाई नगर्न आग्रह गर्नु भयो ।

“सुचना लिन आउने जो कोहीलाई पनि सुचना दिनु पर्छ” उहाँले भन्नु भयो–“ सुचना लिन पाउनु त्यो उसको अधिकार हो ।” नौँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बुद्धि पुन/भदौ ३, सल्यान । सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले सुचना दिने कुरामा कञ्जुसाई नगर्न आग्रह गर्नु भयो ।

“सुचना लिन आउने जो कोहीलाई पनि सुचना दिनु पर्छ” उहाँले भन्नु भयो–“ सुचना लिन पाउनु त्यो उसको अधिकार हो ।” नौँ"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुचना दिने कुरामा कञ्जुसाई नगरः प्रजिअ पौडेल

३ भाद्र २०७३, शुक्रबार ११:११

बुद्धि पुन/भदौ ३, सल्यान । सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले सुचना दिने कुरामा कञ्जुसाई नगर्न आग्रह गर्नु भयो ।

“सुचना लिन आउने जो कोहीलाई पनि सुचना दिनु पर्छ” उहाँले भन्नु भयो–“ सुचना लिन पाउनु त्यो उसको अधिकार हो ।” नौँ राष्ट्रिय सूचना दिवसका अबसरमा आज सल्यानको खलंगामा भएको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । 

उहाँले सुचनाको ऐनमा पनि सार्वजनिक तथा सरकारी निकायहरुले आफूले गरेको काम पारदर्शी बनाउने सूचना कसैले मागेमा उपलब्ध गराउनको लागि सूचना अधिकारीको व्यवस्था हुनुपर्ने प्रावधान रहेको बताउनु भयो । 

मागे अनुसारको सूचना नपाएमा सूचना अधिकारीविरुद्ध प्रमुख समक्ष उजुरी दिन सकिने बताउदँै उहाँले प्रमुखको फैसला चित्त नबुझेमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिने व्यवस्था रहेको पनि जानकारी दिनु भयो । 

प्रमुख जिल्ला अधिकारी पौडेलले जुन सुकै सार्वजनिक निकायमा भएको वा भइरहेको वा हुनसक्ने भ्रष्टाचार, अनियमितता र प्रचलित कानून बमोजिम अपराध मानिने कुनै काम भइरहेको भए पनि त्यसको सूचना दिनु सम्बन्धित सार्वजनिक निकायका कर्मचारीको दायित्व भएको स्पष्ट पार्नु भयो । 

जिल्ला प्रशाशन कार्यालय सल्यानको आयोजनामा प्रभातफेरि तथा अन्तरक्रिया कार्यक्रम गरेर नौँ राष्ट्रिय सूचना दिवस मनाईएको हो । आज बिहान खलंगा टुडिखेल बाट शुरु भएको ¥याली बसपार्क परिक्रम गर्दै जिबिस हलमा गएर औपचारीक कार्यक्रममा परिणत भएको थियो ।

सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको अध्यक्ष्ता एवम् निमित्त स्थानिय बिकास अधिकारी शुरेस अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय सूचना दिवसका अबशरमा आयोजित अन्तरक्रिया कार्यक्रमको दलित बिकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…