२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

१०७ वर्षीया कली र ८७ वर्षीया भद्रमायाको लोभलाग्दो सहकार्य

८ मंसिर २०७८, बुधबार १०:४९

 मंसिर ८, सिन्धुली, उर्मिला भट्टराई | दलानमा बोराको धागो निकाल्दै गरेकी उनको अनुहार चाउरी परको छ । मुखमा दाँत छैन । जोडले बोल्दा मात्र सुन्ने । आँखा पनि राम्रो नदेख्ने । कमलामाई नगपालिका १० जाहानटोलकी १०७ वर्षीया कुमारी सुनुवार (कली) हेर्दा कमजोर देखिए पनि उनको काम गर्ने शक्ति र जाँगर भने कम भएको छैन । घरको दलानमा बसेर दिनभर बोराको धागो निकाली नाम्लो र दाम्लो बाटेर दैनिकी टार्ने गर्छिन् कली । 

रामेछापबाट १४ वर्षको उमेरमा विवाह गरेर सिन्धुली आएकी कली माइती हुँदादेखि नै दाम्लो बाट्ने गरेको र आफूले जानेको सिपलाई निरन्तरता दिएको बताउछिन् । ‘विवाह भएको एक वर्ष दिन नपुग्दै जेठो छोरा जन्मियो । श्रीमानको जागिर थिएन । खेतीपातीबाट बिहानबेलुका छाक टार्नसमेत धौधौ हुन्थ्यो’, उनले भनिन्, ‘आफ्नो र परिवारको दुई छाक भोक मेटाउन माइतीमा गर्दै आएको दाम्लो बाट्ने काम यहाँ आएर पनि गर्न थालेँ ।’

दाम्लो नै आफ्नो आयआर्जनको दरिलो माध्यम भएको कलीले बताइन् । ‘माइतिमा ८०÷९० वटा बाख्रा थियो । ति सबैलाई मैले नै दाम्लो बनाउथेँ । त्यतिबेला त गाउँका मान्छेहरू आफ्नो बाख्राका लागि आफैँ दाम्लो बनाउँथे’, विगत सम्झँदै कलीले भनिन् । 

सातवटा छोराकी आमा कलीसँग अहिले तीन जना मात्र छोरा छन् । चार भाइ छोराले भने संसार छोडिसकेको उनले सुनाइन् । छोराहरू छुट्टिएपछि पाँच वर्षसम्म कली एक्लै बसिन् । स्वास्थ्यमा समस्या आएपछि अहिले जाहानटोलमा ठूलोकान्छो छोराबुहारीसँगै बस्छिन् ।  कान्छा छोरा काठमाडौमा बस्छन् भने काइँला छोरा नजिकै छन् ।

उनले अहिले दिनमा दुईवटा दाम्लो बाट्छिन् । आफूले बाटेको दाम्लो गाउँमा बिक्री गर्छछिन् । ‘कति त घरमै किन्न आउँछन् । आफैँ पनि गाउँमा लगेर बिक्री गर्छु’, कलीले भनिन् । 

घरबाट आधा घण्टाको बाटो हिँडेर दोमान, डाँडाटोललगायत छिमेकी गाउँमा दाम्लो बेच्न जाने गरेको उनले सुनाइन् । एउटा दाम्लोको २५ र नाम्लो ५० रुपैयाँमा बिक्री गर्छिन् ।  

कली वृद्धभत्ता पनि लिन्छिन् । तर, त्यो पैसा भने औषधिमूलोमै खर्च हुने गर्दछ । ‘बाथरोग छ । वृद्धभत्ताको पैसा त औषधिमै खर्च हुन्छ’, कलीले भनिन्, ‘आफूलाई खान मन लागेको कुरा भने दाम्लो बेचेको पैसाले पुगेको छ । यही अगाडि एउटा पसल छ । त्यहाँबाट बिस्कुट चाउचाउ लिएर आउँछु । भोक लागेको बेला घरमा बसेर कुटुकुट खान्छु ।’

कलीलाई अझै केही वर्ष बाँच्छु भन्ने आत्मविश्वास छ । ‘केही नबाँचे पनि आठ दश वर्ष त बाँच्छु होला । अझै पाँच सात वर्षसम्म त दाम्लो बनाएरै बेच्न सक्छु जस्तो लाग्छ’, कलीले भनिन्, “ऊ बेला सुकामाना घिउ खाएको तागत छ मसँग । अहिलेका मान्छे जस्तो विषादी हालेको खाने कुरा खाएनौँ । त्यसैले म त अझै धेरै वर्ष बाँच्छु ।’

कली गाउँकै सबैभन्दा बढी उमेर भएकी वृद्धा समेत हुन् । जाहानटोलमा नाम्लो र दाम्लो बाट्ने कली मात्र होइन । ८७ वर्षीया भद्रमाया मगर पनि नाम्लो र दाम्लो बाटेर आफूलाई खान मन लागेको कुरा खाने गर्छिन् । सिमेन्टका बोरा र चामल ल्याएका बोरा जम्मा गरेर बोराको धागो निकाली  नाम्लो र दाम्लो बनाउने गरेको उनले सुनाइन् ।

‘तल्लो घर बनाउँदा सिमेन्ट ल्याएको थियो । त्यहीबाट यो बोरा जम्मा गरँे’, उनले भनिन्, ‘पहिले त जंगल गएर भोर्लोेको पाट ल्याएर नाम्लो बनाउथेँ ।’

अहिले जंगल जान नसके नि विभिन्न सामान ल्याएको बोराको धागो निकालेर नाम्लो र दाम्लो बनाउने गरेको उनले सुनाइन् । भद्रमायाले नाम्लो र दाम्लो बेचेर घर खर्चमासमेत सहयोग गर्छिन् ।  ‘कहिले काहीँ दाम्लो बेचेको पैसाले घरमा तरकारी ल्याउँछु’, उनले भनिन्, ‘अस्तिको पैसाले मासु र टमाटर ल्याएँ ।’

छोराछोरीको कमाइको आस गर्नु नपरेको उनले सुनाइन् । भद्रमायाले नाम्लो र दाम्लो बचेर केही पैसा बिरामी अथवा केही समस्या परेमा खर्च गर्नलाई जम्मा गरेर राखेको बताइन् । 

कली र भद्रमाया नाम्लो र दाम्लोसँगै बनाउँछन् । बनाएको नाम्लो र दाम्लो बेच्न दोमान, डाँडाटोल, सरकारी टोलसम्म पुग्छन् । एउटा नाम्लोको ५० रुपैयाँ र दाम्लो २५ रुपैयाँमा बेच्छन् । दुवै जना दाम्लो बेचेको पैसाले आफुृलाई खान मन लागेको सामान ल्याउँछन् ।  

‘कली मेरो दिदी पर्छ । हामीसँगै नाम्लो र दाम्लो बेच्न जान्छौँ’, भद्रमायाले भनिन्, ‘उता दिदीको घरमा बोरा धेरै छ भने कहिले काहीँ मलाई दाम्लो बनाउनको लागि पनि दिनुहुन्छ ।’

पहिले नाम्लो बनाउनको लागि भोर्लोको पाट लिन कली र भद्रमायासँगै जंगल जान्थे । दुवै जना सँगै बसेर नाम्लो र दाम्लो बाट्ने गर्छन् । ‘कली अहिले राम्रोसँग आँखा देख्नुहुन्न । नाम्लो बनाउ चाहिँ यहीँ आउनुहुन्छ’, भद्रमाया भन्छिन्, ‘मैले नाम्लो बाट्न सहयोग गर्छु । एउटा नाम्लो बाट्न सहयोग गरेबापत कहिले ५ रुपैयाँ, कहिले १० रुपैया दिनुहुन्छ ।” 

कली र भद्रमायाकोे मिहेनत देखेर स्थानीय तहले उनीहरूलाई सम्मान गरिसकेको छ । वृद्धा अवस्था भए पनि उमेरको कुनै प्रवाह नगरी आफ्नै मिहेनतबाट जीविकोपार्जन गरिरहेको भन्दै कली र भद्रमायालाई कमलामाई नगरपालिकाले, वडा, विभिन्न संजालले सम्मान गरेको कलीको ठूलो कान्छी बुहारीले बताइन् । 

कमलामाई नगरपालिकाले यस आर्थिक ०७८÷७९ मा ‘बा आमाको मुस्कान नगरपालिकाको मुस्कान’ कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमअन्तर्गत नगर भित्रका सबै जेष्ठ नागरिकलाई पुरै दाँत निशुल्क हाल्ने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १०० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सम्मान र स्वास्थ्यलाई ध्यान दिँदै दैनिक एक लिटर दुध उपलब्ध गराइने उल्लेख छ । हाल नगरले १०० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकको विवरण संकलन गरिरहेको छ । हालसम्म संकलित विवरणअनुसार नगरभित्र १०० सय वर्ष उमेर कटेका जम्मा २१ जना ज्येष्ठ नागरिक छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने रौतहटको बागमती खोलामा नुहाउने क्रममा डुबेर एक युवकको ज्यान गयो नारायणगढ-बुटवल खण्ड चैत २७ गतेदेखि चैत ३१ गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधनको आउ-जाउ बन्द गरिँदै वायु प्रदूषणका कारणले गर्दा जनजिवन प्रभावित बन्दै सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ? ‘म्यानपावरले पाउने व्यावहारिक सेवा-शुल्क नतोक्दा आचारसंहिता लागू भएन’ नारायणी नदीमा डुबेर दुई दिदीभाइ बेपत्ता भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुमा सभा सकिएपछि आफैँ सडक सफा गरे