सल्यानका दुई नाबालक कारागारमा

Posted on: 19 Aug, 2016

बुद्धि पुन/भदौ ३, सल्यान । जिल्ला कारागार सल्यानमा दुई जना नाबालक रहेका छन् । 

आमा कर्तब्य ज्यान मुद्धामा आरागार बसे पछि आमा संगै ती नाबालक पनि कारागार बसेका हुन् । सल्यानको कालागाउँ ३ का झण्डै २ बर्षिय बालक मनिष बस्नेत जिल्ला कारागार सल्यानमा रहेका छन् । यस्तै धनबाङ ७ की डेढ बर्षिय बालिका सरिता बुढाथोकी पनि कारागार सल्यानमा रहेकी छिन् । 

बालबालिकालाई कारागारमा राख्न नपाईने भए पनि साना दूध खाने नाबालक भएकाले आमा संगै तिनीहरु कारागारमा रहेको जिल्ला कारागार सल्यानका जेलर बिक्रम केसीले जानकारी दिनु भयो । उहाँले बच्चा दुई बर्षको भए पछि ती बच्चाका बुवा अथवा अभिभाबकहरुको जिम्मा दिने बताउनु भयो । 

तर बच्चाका बुवा अथवा अभिभाबक कोही पनि नआएमा जिल्ला बाल कल्याण समितीको जिम्मा दिईने बताउनु भयो । बच्चाहरुको पढ्न पाउने अधिकारलाई ध्यानमा राखेर शिक्षा दिक्षाको लागी जिल्ला बाल कल्याण समितीको जिम्मा लगाईने बताईएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!