रबिन्द्र यादव/ भदौ ३ नवलपरासी  । नवलपरासीको त्रिबेणी दाहसंस्कार घाटमा बिद्धुतिय मेसिनबाट लास जलाइने भएको छ । बिगतका दिनहरुमा त्रिवेणी दाहसंस्कार घाटमा दाउराबाट लास जलाइदै आएको र अबदेखी बिद्युतिय मेसिनबाट लास जलाइने र त्यो काम तत्काल हुने र त्यसका ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ ३ नवलपरासी  । नवलपरासीको त्रिबेणी दाहसंस्कार घाटमा बिद्धुतिय मेसिनबाट लास जलाइने भएको छ । बिगतका दिनहरुमा त्रिवेणी दाहसंस्कार घाटमा दाउराबाट लास जलाइदै आएको र अबदेखी बिद्युतिय मेसिनबाट लास जलाइने र त्यो काम तत्काल हुने र त्यसका ला"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको त्रिबेणी दाहसंस्कार घाटमा बिद्धुतिय मेसिनबाट लास जलाइने

३ भाद्र २०७३, शुक्रबार ११:४५

रबिन्द्र यादव/ भदौ ३ नवलपरासी  । नवलपरासीको त्रिबेणी दाहसंस्कार घाटमा बिद्धुतिय मेसिनबाट लास जलाइने भएको छ । बिगतका दिनहरुमा त्रिवेणी दाहसंस्कार घाटमा दाउराबाट लास जलाइदै आएको र अबदेखी बिद्युतिय मेसिनबाट लास जलाइने र त्यो काम तत्काल हुने र त्यसका लागी व्यवस्था मिलाउनु पर्नेमा नेपाली काङ्ग्रेस नवलपरासी क्षेत्र नम्बर ६ सांसद देवकरण कलवार सन्तुले बताउनु भयो । त्रिबेणी सुस्तामा रहेको गजेन्द्र मोक्ष धामको अनुगमन गर्ने क्रममा स्थानीयहरुको जवाफ दिदै वहाले यस्तो बताउनु भएको हो । 



नेपाली काङ्ग्रेस त्रिबेणी सुस्ताका एकाइ सभापति निरंजन थापाको नेतृत्वमा आएको नेपाली काङ्ग्रेसका कार्यकर्ता र स्थानीयहरुको समस्या सुन्दै वहाले दाहसंस्कार घाटमा बिद्धुतिय बाट लास जलाउने हर सम्भव कोसिस गरिने र यसलाई मन्त्री परिषद मा राख्ने बताउनु भयो । 



त्रिबेणी घाटमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा जिल्ला लगायत भारतको बिहार र उत्तर प्रदेश गरि विभिन्न ठाउँबाट दिनहुँ सात देखि दस लास आउने गरेको स्थानीय पत्रकार प्रेमचन्द्र रौनियारले बताउनु भएको छ । लास पुर्ण रुपमा नजलिकनै छाडेर जाने गरेकोले लास जल्न बाट बाकी भाग अंश कुकुरहरुले बजारमा लिएर आउदा पुरै बजार दुर्गन्धित बन्ने गरेको निरंजन थापाले साझासबाललाई बताउनु भएको छ । 



यस्तै रहयो भने विभिन्न किसिमको सरुवा रोगहरु लाग्न सक्ने चिकित्सकहरुले बताएका छन । त्रिबेणी दाहसंस्कार घाटमा अव्यवस्थित रुपले जताजतै लास जलाउने गरिएको छ । यसलाई व्यवस्थित बनाउनु पर्नेमा समेत स्थानीयले जोड दिएका छन । कलवारले सांसद विकास कोषको रकम बाट मात्र दाहसंस्कार घाट व्यवस्थित नहुने बताउदै यसलाई दिर्घकालिन बनाउनलाई ठोस बजेटको आवश्यकता देखिएको हुनाले आफु यो समस्यालाई आफ्नो पार्टी र प्रचण्ड सरकारमा राख्ने बताउनु भएको छ । बनारसीलाल जैसवाल,ओमप्रकाश जैसवाल, कन्हैया हरिजन, निरंजन थापा, तुलसी उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै