९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

३४ वर्षमा चारपटक शिलान्यास, अझै बनेन राजविराजमा बसपार्क

१० मंसिर २०७८, शुक्रबार ०६:१५

मंसिर १०, राजविराज, सुधा देव | सप्तरी सदरमुकाम राजविराजमा लामो समयसम्म बसपार्क नहुँदा सडकमै सवारीसाधन पार्किङ हँुदै आएपछि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । 

बसपार्क नहुँदा सडकमा सवारीसाधन जथाभावी पार्किङ गर्दा हिँडडुलमा जोखिम बढेको राजविराज नगरपालिका–२ का ५० वर्षीय अरविन्द चौधरीले बताउँछन् । 

सडकमै पार्किङ गरिँदा बीच बाटोबाट पैदलयात्रु हिँड्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम बढिरहे पनि बसपार्क निर्माणको कसैको चासो नगएको स्थानीयहरू बताउँछन् । 

शिलान्यास भएको लामो समय भइसक्दा पनि बसपार्क निर्माण नभएको राजविराज ७ का २७ वर्ष सरोज देवले बताए । ‘म जन्मनुभन्दा सात वर्षअघि बसपार्कको पहिलो पटक शिलान्यास भएको रहेछ । तर, बसपार्क निर्माण कार्य सम्पन्न भइसकेको छैन’, उनी भन्छन् । 

चारपांग्रे सवारीसाधन गाडी, स्कुटी, मोटरसाइकलको संख्या बढ्दै गएको छ । भिडभाड दिनप्रतिदिन बढेको छ। कोही यस तर्फ सम्वेदनशिल नभएको देख्दा दुःख लागेको छ।

२०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले पहिलोपटक बसपार्कको शिलान्यास गरेका थिए । २०४६ सालमा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन वली, २०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र २०७४ मा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले संयुक्त रूपमा बसपार्कको शिलान्यास गरेका थिए ।

२०४४ सालदेखि २०७४ सम्म चार पटक शिलान्यास गरिए पनि अहिलेसम्म बसपार्कको निर्माण सम्पन्न भइसकेको छैन । अहिलेसम्म बसपार्क निर्माण सम्पन्न नहुनुमा ठेकेदार र जनप्रतिनिधि बढी दोषी रहेका स्थानीयहरूको आरोप छ ।

पछिल्लोपटक सहरी विकास मन्त्रालयबाट १६ करोड ३८ लाख ९६ हजार ५०९ रुपैयाँमा काम गर्ने ठेक्का पाएको काठमाडौंको कुलेश्वरस्थित सिनर्जी बिल्डर्स प्रालिले बसपार्क निर्माणका लागि १६ पुस २०७४ मा सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले १८ पुस २०७७ भित्र निर्माण गरिसक्नुपर्ने थियो। तर, हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजको तथ्यांकमा छ ।

कोरोेनाभाइरस संक्रमण महामारीलाई कारण देखाउँदै चैत मसान्तसमा कम्पनीले काम सम्पन्न गर्न म्याद पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिए महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’ वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता शिक्षकहरुले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिए ‘रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्ने कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो आज संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री नेपाल आउँदै विद्यालय खुल्ने वातावरण बनाउन माग पोप फ्रान्सिसको निधनपछिका कुराहरू सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु चराङ—छोसेर सडक धमाधम स्तरोन्नति दानव नदीमा बेपत्ता भएका दुई बालकको शव भेटियो