४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा भ्रष्टचार शुद्धिकरण अभियान

२० बैशाख २०७३, सोमबार ११:४८

CDOlaii Gyapan Patra Bujaidaiवैशाख २०, झापा (सास) । बागेश्वरी असल शासन क्लब (बास), जिल्ला शाखा झापाले मंगलबार
जिल्लामा भ्रष्टचारको नियन्त्रण गर्नका लागि खबरदारी गर्दै ११ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई
ज्ञापन पत्र बुझाएको छ ।

केन्द्रीय कार्यालयको सर्कुलर अनुसार
देशव्यापी रुपमा गरिएको यस अभियान अन्तरगत झापामा सचेतनामूलक र्यालीसहित ज्ञापन पत्र बुझाइएको हो

जिल्ला शाखाको तर्फबाट अध्यक्ष राजेन्द्र खनाल र सदस्य गौरव पोखरेलले ज्ञापनपत्र बुझाएका थिए

ज्ञापन पत्रमा जिल्लामा भइरहेका सबै किसिमका भ्रष्टाचारहरुको
नियन्त्रण गरियोस्, सरकारी साधनहरुको दुरुपयोगमा रोक लगाइयोस्, नियमित रुपमा सार्वजनिक सुनुवाई गरियोस्,
भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गरियोस् लगायतका बुँदाहरु छन् ।

त्यस्तै, हरेक सरकारी कार्यालयमा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने
व्यवस्था मिलाउन पनि आग्रह गरिएको सचिव सिर्जना घिमिरेले जानकारी दिइन् ।

Ryally

बिना झण्झट
आवश्यक सूचना र सेवा सर्वसाधारणलाई उपलब्ध गराउनु पर्ने, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत
कार्य गर्ने कर्मचारीलाई दण्डित गरिनुपर्ने, सूचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गरिनु
पर्ने, जिल्लामा हुने भ्रष्टाचार नियन्त्रणका लागि अनुगमन तत्काल थालिनु पर्ने लगायतका मागहरु समेत
गरिएको छ ।

ज्ञापन पत्र बुझाइएपछि निकालिएको र्याली जिल्लाको
विभिन्न सरकारी कार्यालयमा पनि पुगेको थियो ।

संस्थाकी सदस्य
सुस्मिता पोखरेलका अनुसार बिगत १५ वर्षदेखि सामाजिक रुपान्तरणका लागि क्रियाशिल गैर सरकारी संस्था ‘बास’
ले समाजमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरी जस्ता बेथितिका बिरुद्ध शसक्त रुपमा
वकालत गर्दै आएको छ ।

हाल यसका ६६ जिल्लामा शाखा छन् भने १ सय बढी
उपशाखा र २० ईकाई समिति छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता