५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भुटानी शरणार्थीका तीन माग, पूरा गर्न नसक्ने प्रदेश सरकारको जबाफ

१२ मंसिर २०७८, आईतवार ०६:०१

मंसिर १२, झापा, न्युजकारखाना | भुटानी शरणार्थीको सहयोग र उनीहरूको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्यले पुनर्वास योजनामा अमेरिका पुगेकाहरूको संगठन इन्ट्रा नेसनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका प्रतिनिधि नेपालमा रहेर लविङ गरिरहेका छन् ।

दुई सातादेखि नेपालमा रहेका उनीहरूले शीर्ष राजनीतिज्ञलाई भेटेर झापामा रहेका शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास, नेपाली नागरिकता पाउनु पर्ने वा स्वदेश फिर्ताको व्यवस्था गर्न माग गरेका छन् । राजनीतिज्ञहरूबाट सकारात्मक जबाफ पाएको सो संस्थाका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए । 

तर, प्रदेश १ सरकारले आफूले सो माग पूरा गर्न नसक्ने सार्वजनिक रूपमा जबाफ दिएको छ । इन्ट्राले निर्माण गरेको ज्येष्ठ नागरिक डे केयर भवनको उद्घाटन गर्न शनिबार बेलडाँगी शिविर पुगेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास, नेपाली नागरिकता र स्वदेश फिर्ताको व्यवस्था गर्ने माग आफ्नो क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारेका हुन् ।

तर, उनले संघीय सरकार र राजनीतिक दलहरूलाई सो माग पूरा गराउन आफ्नो पहल रहने प्रतिबद्धता जनाए । 

उक्त तीन मागमध्ये एउटा पूरा गरिदिन इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले आग्रह गरेका थिए । 

शिविरमा रहेका शरणार्थीलाई सहयोग गर्दै आएको इन्ट्राले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार यसअघि नै इन्ट्राले ८० वर्ष पुगेका करिब १३२ जनालाई मासिक पाँच हजार रुपैयाँ वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ । 

डे केयर भवन उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष अधिकारीले शिविरमा रहेकाहरूलाई केही समस्या परे आफूहरूले सक्दो समाधान गर्न बताए । 

नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले घोषणा गरिएको इन्ट्राले मेरो भ्वाइसकप अमेरिका यूएसए–२ र मेरो डान्स कप यूएसए–४ को उद्घाटन पनि गरिएको छ । 

अमेरिकार र क्यानडामा रहेका नेपाली भाषीहरूले आउँदो जनवरीबाट आवेदन दिन सकिने अध्यक्ष अधिकारीले जानकारी दिए । शनिबार आयोजित सांस्कृतिक कार्यक्रममा प्रेमराजा महत, दिलीप रायमाझी, प्रमोद खरेल, केकी अधिकारी, रचना रिमाल, समीक्षा अधिकारी, प्रविण भेटवाल, निशान भट्टराईलगायत एक दर्जनभन्दा बढी कलाकारले आआफ्नो प्रस्तुती दिएका थिए । 

गायक प्रेमराजा महतले ‘पानको पात’ गाउँदा अतिथि कलाकार वर्षा राउत र केकी अधिकारीसहित कलाकारसँग मुख्यमन्त्री राई छमछमी नाचेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता