२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भुटानी शरणार्थीका तीन माग, पूरा गर्न नसक्ने प्रदेश सरकारको जबाफ

२०७८, १२ मंसिर आईतवार ०६:०१

मंसिर १२, झापा, न्युजकारखाना | भुटानी शरणार्थीको सहयोग र उनीहरूको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने उद्देश्यले पुनर्वास योजनामा अमेरिका पुगेकाहरूको संगठन इन्ट्रा नेसनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका प्रतिनिधि नेपालमा रहेर लविङ गरिरहेका छन् ।

दुई सातादेखि नेपालमा रहेका उनीहरूले शीर्ष राजनीतिज्ञलाई भेटेर झापामा रहेका शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास, नेपाली नागरिकता पाउनु पर्ने वा स्वदेश फिर्ताको व्यवस्था गर्न माग गरेका छन् । राजनीतिज्ञहरूबाट सकारात्मक जबाफ पाएको सो संस्थाका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए । 

तर, प्रदेश १ सरकारले आफूले सो माग पूरा गर्न नसक्ने सार्वजनिक रूपमा जबाफ दिएको छ । इन्ट्राले निर्माण गरेको ज्येष्ठ नागरिक डे केयर भवनको उद्घाटन गर्न शनिबार बेलडाँगी शिविर पुगेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास, नेपाली नागरिकता र स्वदेश फिर्ताको व्यवस्था गर्ने माग आफ्नो क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारेका हुन् ।

तर, उनले संघीय सरकार र राजनीतिक दलहरूलाई सो माग पूरा गराउन आफ्नो पहल रहने प्रतिबद्धता जनाए । 

उक्त तीन मागमध्ये एउटा पूरा गरिदिन इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले आग्रह गरेका थिए । 

शिविरमा रहेका शरणार्थीलाई सहयोग गर्दै आएको इन्ट्राले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार यसअघि नै इन्ट्राले ८० वर्ष पुगेका करिब १३२ जनालाई मासिक पाँच हजार रुपैयाँ वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ । 

डे केयर भवन उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष अधिकारीले शिविरमा रहेकाहरूलाई केही समस्या परे आफूहरूले सक्दो समाधान गर्न बताए । 

नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले घोषणा गरिएको इन्ट्राले मेरो भ्वाइसकप अमेरिका यूएसए–२ र मेरो डान्स कप यूएसए–४ को उद्घाटन पनि गरिएको छ । 

अमेरिकार र क्यानडामा रहेका नेपाली भाषीहरूले आउँदो जनवरीबाट आवेदन दिन सकिने अध्यक्ष अधिकारीले जानकारी दिए । शनिबार आयोजित सांस्कृतिक कार्यक्रममा प्रेमराजा महत, दिलीप रायमाझी, प्रमोद खरेल, केकी अधिकारी, रचना रिमाल, समीक्षा अधिकारी, प्रविण भेटवाल, निशान भट्टराईलगायत एक दर्जनभन्दा बढी कलाकारले आआफ्नो प्रस्तुती दिएका थिए । 

गायक प्रेमराजा महतले ‘पानको पात’ गाउँदा अतिथि कलाकार वर्षा राउत र केकी अधिकारीसहित कलाकारसँग मुख्यमन्त्री राई छमछमी नाचेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश