पूर्णप्रसाद न्यौपाने/भदौ ४, ओखलढुंगा । ओखलढुंगामा हाल कार्यरत रहेका डिएसपी दिपेन्द्र शाहको सरुवा भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने/भदौ ४, ओखलढुंगा । ओखलढुंगामा हाल कार्यरत रहेका डिएसपी दिपेन्द्र शाहको सरुवा भएको छ । 
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका डिएसपी दिपेन्द्रको सरुवा

४ भाद्र २०७३, शनिबार ०२:२७

पूर्णप्रसाद न्यौपाने/भदौ ४, ओखलढुंगा । ओखलढुंगामा हाल कार्यरत रहेका डिएसपी दिपेन्द्र शाहको सरुवा भएको छ । 

जिल्लामा नागरिकको शान्ति सुरक्षामा विगत भन्दा उल्लेख्य सुधार ल्याई नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउनु भएका डिएसपी शाहको जुनिएर प्रहरी अधिकृत मुख्यालयमा सरुवा भएको हो । 

मानवियताका सवालहरुमा ठुला ठुला आपराधिक घटनाहरु समेत बाहिर ल्याएर कानुनको दाहेरामा ल्याउन सफल शाह जिल्ला बसाईका क्रममा जिल्लाबासी नागरिकहरु माझ निकै लोकप्रीय बन्नुभएको थियो । 

जिल्ला प्रहरी प्रमुख भएर शाह आए सँगै जिल्लामा आफ्ना मातहतका युनिटहरुलाई नागरिकको धनजन र सामाजिक सुरक्षामा कुनै कमि आउन नदिन निर्देशन दिनुभएको थियो । ओखलढुंगामा शाहले ठगी, बलत्कारी,हत्या तथा कुटपिटमा  संलग्न जस्ता मुद्धालाई कसैको दबाबमा परेर उन्मुक्ति दिनुभएन ।

बिगतमा सदरमुकाम लगायतका क्षेत्रमा अपराधिक गतिबिधि भएपनि शाह आएसँगै जिल्लामा कुनै ठुला अपराधिक घटना हुन नदिएको स्थानियहरु बताउँछन् । डिएसपी शाह निडर स्वभाब भएको र  कसैको दबाबमा परेर कार्य नगर्ने रहेको जिल्ला बसाईका क्रममा भएका कामले पुष्टि गरेको छ । 

शाहको नेतृत्वमा जिल्लामा सरसफाई,लैङ्गीक हिँसा न्यूनिकरण सम्बन्धी छलफल तथा गोष्ठि,प्रहरी मेरो साथी कार्यक्रम अन्तरगतका गतिवीधीहरु अहिले पनि सञ्चालित छन् ।

डिएसपी शाह जुनिएर प्रहरी अधिकृत मुख्यालय गएपछि जिल्ला प्रहरी प्रमुख भएर ओखलढुंगामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट मिलन केसी आउनुहुने भएको छ । प्रहरी प्रधान कार्यालय मार्पत आज १२५ जना डिएसपीहरुको सरुवा भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान