अजयकुमार साह/भदौ ४, उदयपुर । सूचनाको हक सम्बन्धी ऐन २०६४ लागू भएको नौं बर्ष वितिसक्दा समेत गाउँ स्तरमा सर्वसाधारणले यसको उपभोग गर्न नपाएको गुनासो सरोकारवालाहरुले गरेकाछन् । राष्ट्रिय सूचना दिवस २०७३ को अवसरमा शुक्रबार आयोजित अन्त्तरक्रिया कार्यक्रमका सहभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अजयकुमार साह/भदौ ४, उदयपुर । सूचनाको हक सम्बन्धी ऐन २०६४ लागू भएको नौं बर्ष वितिसक्दा समेत गाउँ स्तरमा सर्वसाधारणले यसको उपभोग गर्न नपाएको गुनासो सरोकारवालाहरुले गरेकाछन् । राष्ट्रिय सूचना दिवस २०७३ को अवसरमा शुक्रबार आयोजित अन्त्तरक्रिया कार्यक्रमका सहभ"/>
८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

सूचनाको हकलाई गाउँ सम्म पुर्याउनुपर्नेमा सरोकारवालाहरुको जोड

४ भाद्र २०७३, शनिबार ०२:४०

अजयकुमार साह/भदौ ४, उदयपुर । सूचनाको हक सम्बन्धी ऐन २०६४ लागू भएको नौं बर्ष वितिसक्दा समेत गाउँ स्तरमा सर्वसाधारणले यसको उपभोग गर्न नपाएको गुनासो सरोकारवालाहरुले गरेकाछन् । राष्ट्रिय सूचना दिवस २०७३ को अवसरमा शुक्रबार आयोजित अन्त्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजना र सूचनाको हकका लागी नागरिक संजाल उदयपुुरको संयोजनमा जिल्ला विकास समितिको सभाहलमा आयोजना गरिएको अन्त्तरक्रिया कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश जंग कार्कीले सूचनाको हक गाउँ सम्म पु¥याउन राज्यको संयन्त्र परिचालित हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले सूचनाको वर्गिकरण समेत सही ढंगले हुननसकेको बताउँदै स्थानिय स्तरमा समेत यस बारे बहसहरु संचालन हुनुपर्ने बताउनुभयो । सूचनाको वर्गिकरण नहुँदा कुन सूचना गोप्य राख्नुपर्ने र कुन सूचना सार्वजनिक गर्नुपर्ने विषयमा ऐनले बताएपनि अन्यौल कायमै रहेको उहाँको भनाई थियो ।

 जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, सूचना अधिकारीहरु, पत्रकार, नागरिक समाजका प्रतिनिधि, सूचनाको हकका अभियन्ता र पत्रकार लगायतको सहभागितामा सम्पन्न भएको सो अन्त्तरक्रिया कार्यक्रममा सूचनाको हकका लागी नागरिक संजाल उदयपुरका संयोजक अजयकुमार साहले जिल्लामा यसको प्रयोगको अवस्था र अभियान बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले सरकारी निकायमा सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन र स्वतस्फूर्त रुपमा सूचना सार्वजनिकिकरणको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सहभागी सूचना अधिकारीहरुले छुट्टै जिम्मेवारीका साथ सूचना अधिकारी न्युक्ती गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै अभियन्ताहरुले सरकारी निकायमा सूचना माग गर्न जादा दिएको सास्ती र झन्झटिलो प्रक्रिया अब हटाउनुपर्ने कुरामा जोड दिएका थिए । सूचना अधिकारीले पत्रकारलाई छिटो सूचना उपलब्ध गराउने तर सर्वसाधारण जाँदा धेरै समय सम्म पर्खाउने प्रवृति हटाउनुपर्नेमा नागरिक समाजका अगुवाहरुले सुझाव दिएका थिए ।

सूचनाको हकका लागी नागरिक अभियानका संयोजक अजयकुमार साहले जिल्ला स्थित सरकारी निकायहरुले ३–३ महिनामा स्वतफूत्र्तरुपमा ऐन अनुसार विभिन्न २० वटा बुँदाहरुमा रहेर सूचना सार्वजनिकिकरणमा जोड दिनुपर्ने सुझाव व्यक्त गर्नुभयो । उहाँले सूचना अधिकारीलाई सूचना सार्वजनिकिकरणका लागी आईपर्ने समस्या समाधानका लागी संजालले सहयोग र समन्वय समेत गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष ईश्वर तामाङ, जिल्ला कृषी विकास कार्यालयका अधिकृत पवन गिरी लगायतले दिवसको अवसरमा सवैलाई शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै दिवसकै अवसरमा आज गाईघाट स्थित त्रियुगा उच्च माध्यमिक विद्यालयका कक्षा ९ र १० का करिब २ दर्जन छात्र छात्राहरुलाई सूचनाको हकको विषयमा अभिमुखिकरण संचालन गरिएको अभियानका अगुवा अजयकुमार साहले बताउनुभयो । अभियन्ता युवराज पराजुली र साहले संयुक्त रुपमा सहजीकरण गर्नुभयो । अभिमुखिकरणमा सहभागी भएका विद्यार्थीहरुले सूचना माग निवेदन तयार गर्ने विषयमा अभ्यास समेत गरेकाछन भने स्थानिय निकायहरुमा सूचना माग गर्नका लागी निवेदन समेत तयार गरेकाछन् । आजै अभियन्ताहरुले जिल्ला स्थित विभिन्न सुरक्षा निकायहरुमा सूचना माग निवेदन समेत दत्र्ता गराएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका मन्त्री नेपाल आउने डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गर्यो माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु र १४ जना घाइते राप्रपाका सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगे रास्वपाले पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न माग गर्दै मागपत्र बुझायो राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिए अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो