भदौ ४, रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा लागेको गोसाइँकुण्ड मेला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ४, रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा लागेको गोसाइँकुण्ड मेला"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोसाइँकुण्ड मेला सम्पन्न ,दश हजार भक्तजन आए

२०७३, ४ भाद्र शनिबार ०८:०८


भदौ ४, रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा लागेको गोसाइँकुण्ड मेला सम्पन्न भएको छ । 

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीत डिएमका अनुसार आज बिहानसम्ममा सबै यात्रु आफ्नो गन्तव्यतर्फ सकुशल फर्किसकेका छन् । यस वर्षको पर्वमा करिब १० हजार भक्तजन आएको अनुमान गरिएको छ । 

गोसाइँकुण्ड दर्शन गर्न आएका यात्रुमध्ये दुई हजार ७०० जनालाई लेक लाग्ने समस्या आएको र जिल्ला स्वास्थ्य कार्यालय नेपाली सेना, नारायण दलगण, हिमालय उद्धार सङ्घ र साइबाबा हस्पिटलसमेतको चिकित्सक टोलीले प्राथमिक उपचार गरेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । 

गोसाइँकुण्डमा सुरक्षा प्रदान गर्न गएका नेपाल प्रहरीका एक हवल्दार एवम् एक यात्रु भने लेक लाग्ने समस्याले जटिल बिरामी भएका कारण एम्बुलेन्सद्वारा काठमाडौँ पठाइएको र उनीहरुको उपचार काठमाडौँका अस्पतालमा भइरहेको जानकारी दिँदै जिप्रका प्रमुख फणीन्द्र प्रसाईंले आफ्नो युनिटको प्रहरी हवल्दारलाई सघन उपचार कक्षमा राखिएको जानकारी दिए । 

यस वर्षको पर्वमा पानी नपरेका कारण यात्रा गर्न अत्यन्तै सहज भए पनि खाने, बस्नका लागि गोसाइँकुण्ड, चन्दनबारी र लौरीबिनायक क्षेत्रका होटल व्यवसायी र धुन्चे–काठमाडौँ यात्रु ओसारपसार गर्ने सवारी चालक एवम् व्यवसायीले अत्यन्तै महँगो शुल्क असुलेको भन्दै यात्रुले गुनासो गरेका थिए ।

यस्तै भक्तजनद्वारा गोसाइँकुण्डमा चढाइएको भेटी रकम धुन्चेस्थित प्रहरी परिसरमा गणनाकार्य सुरु भएको छ । सो भेटी नेपाल प्रहरीको कडा सुरक्षाकासाथ शुक्रबार साँझ धुन्चे पु¥याइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित