भदौ ४, रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा लागेको गोसाइँकुण्ड मेला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ४, रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा लागेको गोसाइँकुण्ड मेला"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोसाइँकुण्ड मेला सम्पन्न ,दश हजार भक्तजन आए

४ भाद्र २०७३, शनिबार ०८:०८


भदौ ४, रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा लागेको गोसाइँकुण्ड मेला सम्पन्न भएको छ । 

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीत डिएमका अनुसार आज बिहानसम्ममा सबै यात्रु आफ्नो गन्तव्यतर्फ सकुशल फर्किसकेका छन् । यस वर्षको पर्वमा करिब १० हजार भक्तजन आएको अनुमान गरिएको छ । 

गोसाइँकुण्ड दर्शन गर्न आएका यात्रुमध्ये दुई हजार ७०० जनालाई लेक लाग्ने समस्या आएको र जिल्ला स्वास्थ्य कार्यालय नेपाली सेना, नारायण दलगण, हिमालय उद्धार सङ्घ र साइबाबा हस्पिटलसमेतको चिकित्सक टोलीले प्राथमिक उपचार गरेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । 

गोसाइँकुण्डमा सुरक्षा प्रदान गर्न गएका नेपाल प्रहरीका एक हवल्दार एवम् एक यात्रु भने लेक लाग्ने समस्याले जटिल बिरामी भएका कारण एम्बुलेन्सद्वारा काठमाडौँ पठाइएको र उनीहरुको उपचार काठमाडौँका अस्पतालमा भइरहेको जानकारी दिँदै जिप्रका प्रमुख फणीन्द्र प्रसाईंले आफ्नो युनिटको प्रहरी हवल्दारलाई सघन उपचार कक्षमा राखिएको जानकारी दिए । 

यस वर्षको पर्वमा पानी नपरेका कारण यात्रा गर्न अत्यन्तै सहज भए पनि खाने, बस्नका लागि गोसाइँकुण्ड, चन्दनबारी र लौरीबिनायक क्षेत्रका होटल व्यवसायी र धुन्चे–काठमाडौँ यात्रु ओसारपसार गर्ने सवारी चालक एवम् व्यवसायीले अत्यन्तै महँगो शुल्क असुलेको भन्दै यात्रुले गुनासो गरेका थिए ।

यस्तै भक्तजनद्वारा गोसाइँकुण्डमा चढाइएको भेटी रकम धुन्चेस्थित प्रहरी परिसरमा गणनाकार्य सुरु भएको छ । सो भेटी नेपाल प्रहरीको कडा सुरक्षाकासाथ शुक्रबार साँझ धुन्चे पु¥याइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ