४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाई कांग्रेसको वडा नं. ३ पार्टी कार्यालय उद्घाटन

२१ बैशाख २०७३, मंगलवार ०१:०३

बैशाख २१, सुरुंगा (सास)
नेपाली कांग्रेस कनकाई नगर कमिटी अन्तर्गत वडा नं. ३ को पार्टी कार्यालयको उद्घाटन गरिएको छ

एक कार्यक्रमका वीच नेपाली कांग्रेस झापाका पूर्व उपसभापति
देउमान थेबेले कनकाई–३ सुरुङ्गा टप्पुमा कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै नेता थेबेले नेपाली कांग्रेस सदैव जनताको माझमा रहने पार्टी भएकाले वडा
पार्टी कार्यालयबाट पार्टीको कामलाई व्यवस्थित रुपमा अघि बढाउन सहज हुने र जनताका गुनासा पनि औपचारिक
रुपमा पार्टीमा आउने बताए ।

पार्टीका वडा नं. ३ का सभापति यदुनाथ
अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका पूर्व महासमिति सदस्य खगेश्वर उप्रेती, महासमिति
सदस्य रमेश श्रेष्ठ, जिल्ला सदस्य गोपाल उप्रेती, पूर्व जिल्ला सदस्य टेकनारायण संग्रौला, क्षेत्र नं. ४
का अध्यक्ष भीम राजवंशी, क्षेत्रका निवर्तमान सचिव प्रकाश चुडाल, कनकाई नगर सभापति नेत्रप्रसाद चिमरिया,
विर्तमान नगर सभापति लीलाबहादुर कटुवाल, प्रेस युनियन झापाका अध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि कृष्ण
हुमागाईं, प्रजातन्त्रवादी प्राध्यापक संघका झापा सभापति विकासप्रसाद उप्रेती लगायतले शुभकामना मन्तव्य
राखेको वडा सदस्य सन्तोष संग्रौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता