रबिन्द्र यादव/ साउन ५ नवलपरासी । नवलपरासीको दक्षिणी सिमावर्ती गाउँ विकास समिति गुठी परसौनी वार्ड नम्बर ५ झुलनिपुर मा मोटरसाइकलको ठक्कर बाट एक बालिका गम्भीर घाइते भएकी छिन । बैदौली २ बस्ने साढे दुई बर्षकि ज्योति चमार आफ्नो मामा घर आएकी बेला मोटरसाइकलको ठक्करबाट घाइते भएकी हुन ।
झुलनिपुर देखि त्रिबेणी जाँदै गरेको युपी ५३ जेड ६९८० नम्बर को भारतीय प्लेट भएको मोटरसाइकल खेलिरहेकि बालिकालाई ठक्कर दिएको थियो । हाल बालिकालाई उपचारका लागि भैरहवा मेडिकल कालेज पठाइएको गुठी परसौनी प्रहरी चौकीले जनाएको छ । बालिकाको टाउको मा गम्भीर चोट लागेको प्रत्क्षयदर्शी कन्हैया हरिजनले बताउनु भयो । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।
नवलपरासीमा दिनहु सडक दुर्घटना हुदा पनि प्रहरी रोकथाम गर्न असफल हुँदै गएको देखिन्छ । पछिल्लो समय नवलपरासीमा दिनहुँ जसो सडक दुर्घटना हुदा कयौ जनाको ज्यान गइरहेको छ ।