४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाईमा ‘नगरपालिका दिवस’ भव्य रुपमा मनाइँदै

२३ बैशाख २०७३, बिहीबार ०२:५७

Tejवैशाक २३, सुरुङ्गा (सास) । नेपाल सरकारले ०७१ वैशाख २५ गते
देशै भर ७२ वटा नगरपालिका थप गरेको दिनलाई ‘नगरपालिका दिवस’ मनाउने स्थानीय विकास मन्त्रालयको निर्णय
अनुरुप कनकाई नगरपालिकाले यो दिवस मनाउने तयारी पूरा गरेको छ ।

कनकाईमा विविध कार्यक्रमसहित वैशाख २४, २५ र २६ गते नगरपालिका दिवस मनाइँदै छ ।

नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी दिएको जानकारी अनुसार २४ गते
मातातीर्थ औंशीको अवसर पार्दै विहान नगर क्षेत्रकै एक ज्येष्ठ माता र पितालाई सम्मानित गरिँदैछ

त्यस्तै, नगरपालिका कार्यालय परिषरमा वृक्षरोपण समेत गरिने छ ।
त्यस्तै, पत्रकारिता दिवसलाई सन्दर्भ पार्दै सोही दिन ‘लोकतन्त्रको स्थायित्व र विकासका लागि
पत्रकारिताको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रम कनकाई प्रेस क्लब र सुरुङ्गा प्रेसको संयोजनमा हुनेछ ।

नगरका निमित्त कार्यकारी अधिकृत तेजबहादुर आचार्यका अनुसार २५ गते
अन्तर्राष्ट्रिय रेडक्रस दिवस पनि परेकाले रक्तदान कार्यक्रम राखिएको छ ।

सुरुङ्गा बजारमा हुने यस कार्यक्रम सुरुङ्गा जेसिज र रेडक्रस सोसाइटी, उपशाखा सुरुङ्गाको
सहआयोजनामा विहान ८ बजेदेखि हुने छ ।

सोही दिन नगर क्षेत्रका
प्रत्येक घरमा साँझ दिपावली गर्ने कार्यक्रम समेत रहेको छ ।

त्यस्तै, २६ गते विहान ८ बजे घैलाडुब्बाको टेकनारायणबाडीमा घैलाडुब्बा रेडक्रसको संयोजनमा
रक्तदान कार्यक्रमको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता