पुस ३, काठमाडौं । कोरोनाको नयाँ भेरीएन्ट ओमीक्रोन तीब्र गतिमा फैलिएको अफ्रिकन मुलुकबाट नेपालमा आउँदा कडाइ हुने भएको छ ।
नेपाल सरकार, मन्त्रीपरिषदको मङ्सिर १३ गतेको निर्णय अनुसार नयाँ निर्णय गरिएको अध्यागमन विभागले जानकारी दिएको छ । अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ मुलुकबाट नेपाल आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने बताएको छ । उनिहरुले आफ्नै खर्चमा क्वारेनटाइन बस्नुपर्ने छ । क्वारेनटाइनपछि पीसीआर परीक्षण गरि नेगेटिभ आएको खण्डमा थप ७ दिन होम क्वारेनटाइन बस्नुपर्ने निर्णयमा उल्लेख छ ।
