२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बाहिरियो कैलाली हत्याको ‘जिम्मेवारी’ लिएको अडियो

४ पुष २०७८, आईतवार ०९:१२

पुस ४, काठमाडौँ |कैलालीमा भएको २५ वर्षीय युवकको हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेका वेला घटनाको ‘जिम्मेवारी’ लिएको एउटा शंकास्पद अडियो बाहिरिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक झण्डै तीन मिनेटको अडियोमा मनोज नाम बताउने व्यक्तिले एक जनाको हत्या गरेको खुलाएका छन् ।

अडियोमा उनले भनेका छन्, ‘एक/दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ ।’ त्यतिकैमा अर्का व्यक्तिले कसको ? भनेर सोधेका छन् । जवाफमा उनले ‘जसको भएनी अलग छ । यति कुरा बुझ, जसमा कहाँ पुगिसकेँ’ भनेका छन् ।

मनोजले घाँटी अलग, शरीर अलग भनेर कुरा गरिरहँदा अन्य व्यक्तिहरु पनि त्यहीँ भएको आवाज सुनिन्छ । एक जना व्यक्तिले आफू हत्यापछि सीमा पारि रुपैडिया पुगिसकेको र बैंग्लोर जाने तयारी गरिरहेको बताएको पनि सुनिन्छ ।

कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले अडियोबारे छानविन गरिरहेको बताए । उनले यो अनुसन्धानकै क्रममा रहेको विषय हो र यसबारे विस्तृत अनुसन्धानपछि बताउने जनाए।

प्रहरी स्रोतका अनुसार यो अडियो मृतकको श्रीमतीको मोबाइलबाट बरामद भएको हो । स्रोत भन्छ, ‘कसैले उनलाई पठाएको देखिएको छ, पठाउने व्यक्तिबारे पनि अनुसन्धान भइरहेको छ ।’

जानकी गाउँपालिका–९ को अरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शनिबार साँझ २५ वर्षीय अर्जुन दासको शव भेटिएको थियो । त्यसपछि उनको कपडा खोलेर त्यसैले शवलाई रुखमा बाँधेको पाइएको थियो ।

प्रहरीले यो घटनामा अर्जुनसँगै काम गर्ने व्यक्तिको संलग्नता हुन सक्ने अनुमान गरेको छ । र, हत्यामा कम्तिमा पनि २ जनाभन्दा बढीको संलग्नता हुन सक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ