रबिन्द्र यादव/ भदौ ७ नवलपरासी ।
रबिन्द्र यादव/ भदौ ७ नवलपरासी ।
रबिन्द्र यादव/ भदौ ७ नवलपरासी । नवलपरासीको प्रतापपुर ४ प्रतापपुर चोकमा गएराति ११ बजेर ३० मिनेट जाँदा लु ९ प २०११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा जहदा गाउँ विकास समिति वार्ड नम्बर ८ धनेवा बस्ने बर्ष ३५ का मोटरसाइकल चालक भरत बहादुर खाड गम्भीर घाइते भएका छन् । घाइते लाई लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाएको ईलाका प्रहरी कार्यालय बेलाटारीका इन्चार्ज महेश्वर प्रसाद उपाध्यायले साझासबाल लाई बताउनु भएको छ ।
मोटरसाइकल तीस मिटर तल खसेको थियो र मोटरसाइकल दुई टुक्रा भएको छ भने चालकलको टाउको र दाहिने खुट्टामा चोट लागेको छ । नवलपरासीमा दिनहुँ जसो सडक दुर्घटना हुँदै आएको छ तर प्रहरी प्रशासनले यसलाई नियन्त्रण गर्न सकेका छैनन् ।