२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

विश्वभर प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ: मुख्यमन्त्री पोखरेल

२०७८, ८ पुष बिहीबार १७:४३

पुस ८, दमौली | गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वभर प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको आज आयोजित ४६औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विश्वले चाहेको जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । 

परम्परागत रुपमा चल्दै आएको शिक्षा र शिक्षण पद्धतिलाई परिमार्जन गर्दै जीवनोपयोगी शिक्षा प्रदान गर्न ढिला गर्न नहुने बताउँदै मुख्यमन्त्री पोखरेलले समय सुहाउँदो, युगले मागेको प्रविधिलाई आत्मसात गर्नुपर्ने उल्लेख गर्नुभयो । गण्डकी प्रदेश साक्षर घोषणा भइसकेको र त्यसकै जगमा टेकेर अब समृद्धिको बाटोमा अगाडि बढ्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो । “गण्डकी प्रदेशले शिक्षालाई प्राथमिकतामा राखेको छ, साक्षर प्रदेश घोषणा भइसकेको छ, त्यसकै जगमा टेकेर दक्ष जनशक्ति उत्पादनका लागि सबैको सामूहिक प्रयास आवश्यक छ”, उहाँले भन्नुभयो । समुदायबाट सञ्चालित सत्यवतीले मुलुकको शिक्षा क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएको उहाँले भन्नुभयो । 

गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले विज्ञान र प्रविधियुक्त शिक्षा दिई शैक्षिक गुणस्तरयता कायम गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा सत्यवतीले पुर्याएको योगदान उदाहरणीय रहेको बताउनुभयो । 

गण्डकी प्रदेशका नीति तथा योजना अयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनको थलो सत्यवती बनेको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शैक्षिक सुधारका लागि नगरपालिकाको सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल लगायतले समयसापेक्ष पठनपाठन कार्यलाई सत्यवतीले अङ्गिकार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान, विद्यार्थीलाई पुरस्कार वितरण गरिनुका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्राथमिक विद्यालयको रुपमा सुरु विद्यालयले शैक्षिक यात्राका क्रममा ४५ औं वसन्त पार गर्दा पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म शिक्षा, व्यवस्थापन, विज्ञान तथा प्राविधिक शिक्षा सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिनुभयो । विद्यालयले हालसम्म दक्ष जनशक्तिको रुपमा डाक्टर, इन्जिनियर, व्यवस्थापक, शिक्षकका साथै अन्य क्षेत्रमा समेत जनशक्ति उत्पादन गरेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु