सन्तोषकुमार गुप्ता/भदौ ५६, देउखुरी । नजिकिदै गरेको तीज लगायत विभिन्न चार्डपर्वलाई मध्यनजर गदै राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ५६, देउखुरी । नजिकिदै गरेको तीज लगायत विभिन्न चार्डपर्वलाई मध्यनजर गदै राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आफ"/>
२०८२, २३ चैत्र सोमबार
दाङ्ग - DNG

आईतबार पनि भालुवाङ बजार खुल्ने

२०७३, ६ भाद्र सोमबार १०:१५

सन्तोषकुमार गुप्ता/भदौ ५६, देउखुरी । नजिकिदै गरेको तीज लगायत विभिन्न चार्डपर्वलाई मध्यनजर गदै राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आफ्नो कार्य क्षेत्र भित्र साप्ताहिक रुपमा आईतबार गदै आएको बजार बन्द भदौ १२ गते आईतबार देखि खुल्ला हुने भएको छ ।

संघका अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा आईतबार संघको कार्यालयमा भालुवाङ्गमा बैठकले बैठकले भदौ १२ देखि प्रत्येक आईतबार बजार तथा कलकारखाना खोल्ने निर्णय गरेको हो । 

विगतका बर्षहरुमा संघले चार्ड पर्वहरुमा समेत उपभोक्ताहरु समस्यालाई ख्याल नै नगरी साप्तहिक रुपमा आईतबार पनि बजार बन्दा गर्दा यस ठाउँ तथा विभिन्न ठाउँहरुबाट आउने सेवाग्राहीहरुले समस्या भोग्नु परेको थियो ।  

ती समस्या अबका दिनहरुमा भालुवाङ्ग पुल्चोक बजार सहित गाउँ घरका पसलहरु बन्द हुँदाको समस्या भोग्नु नपरोस् भन्दै कात्र्तिक महिना सम्म आईतबार पनि बजार खोल्ने निर्णय गरेका हौँ संघका अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिनु भयो । 

बिशेष गरी उपभोक्ता र व्यपारीको माग तथा समस्यालाई मध्यनजर गदै कुनै पनि चार्ड पर्वहरुमा बजार बन्द नगर्ने अध्यक्ष डिसीले बैठक पछि जानकारी दिनु भयो । 

आउँदै गरेको तीज पर्व देखि छठ पर्व सम्म कात्र्तिकको २१ गते आईतबार सम्म बजार तथा कलकारखाना खुल्ला गर्ने निर्णय गरेको छ । उपभोक्ताहरुलाई सहज किनमेलका लागि तीज, दशैँ, तिहार र छठ पर्व सम्म बजार खुल्ला रहने संघले जनाएको छ । 

साथै बैठकले देशको आर्थिक, भौगोलिक, जनसंख्या र समाजिक अवस्थालाई मध्यनजर गदै स्थानिय तहको पुर्नसंरचनालाई बृद्धि गरी देशभर एक हजार बढी गाउँ पालिका र नगरपालिका बनाउन राज्य पुर्नसंरचना आयोग संग माग गर्ने निर्णय गरेको छ । 

त्यस्तै बैठकले दाङ देउखुरीको पुर्नसंरचना गर्दा पुर्वी तथा दक्र्षिण देउखुरीको आर्थिक, भौतिक, समाजिक र जनसंख्याको अवस्थालाई मध्यनजर गरी लालमटिया, गोबरडिहा, सिसहनियाँ र हाँसीपुर गाविसलाई अन्य कुनै गाविस तथा नगरपालिका संग नमिसाई एउटै गाउँ पालिका बनाउन स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समिती दाङ तथा राज्य पुर्नसंरचना आयोग संग माग गर्ने निर्णय लगायतका निर्णय गरेको छ ।  

बैठकमा संघका बरिष्ठ उपाध्यक्ष रिखीराम आचार्य, उपाध्यक्ष रामबहादुर सुनार, सचिव प्रेमबहादुर केसी, कोषाध्यक्ष युवराज भुसाल, सदस्यहरु हरिप्रसाद श्रेष्ठ, हिमानन्द पाण्डे, बृहस्पति श्रेष्ठ र श्रीधर खत्री, संसथापक अध्यक्ष होमप्रसाद शर्मा, सल्लाहकारहरु नुमानन्द सुवेदी र  गञ्जबहादुर बिष्ट लगायतकाले आ—आफ्नो धारणा राख्नु भएको थियो । 

बैठकको सहर्जीकरण संघका कार्यालय प्रमुख सन्तोषकुमार योगीले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै