सन्तोषकुमार गुप्ता/भदौ ५६, देउखुरी । नजिकिदै गरेको तीज लगायत विभिन्न चार्डपर्वलाई मध्यनजर गदै राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ५६, देउखुरी । नजिकिदै गरेको तीज लगायत विभिन्न चार्डपर्वलाई मध्यनजर गदै राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आफ"/>
२३ मंसिर २०८२, सोमबार
दाङ्ग - DNG

आईतबार पनि भालुवाङ बजार खुल्ने

६ भाद्र २०७३, सोमबार १०:१५

सन्तोषकुमार गुप्ता/भदौ ५६, देउखुरी । नजिकिदै गरेको तीज लगायत विभिन्न चार्डपर्वलाई मध्यनजर गदै राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आफ्नो कार्य क्षेत्र भित्र साप्ताहिक रुपमा आईतबार गदै आएको बजार बन्द भदौ १२ गते आईतबार देखि खुल्ला हुने भएको छ ।

संघका अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा आईतबार संघको कार्यालयमा भालुवाङ्गमा बैठकले बैठकले भदौ १२ देखि प्रत्येक आईतबार बजार तथा कलकारखाना खोल्ने निर्णय गरेको हो । 

विगतका बर्षहरुमा संघले चार्ड पर्वहरुमा समेत उपभोक्ताहरु समस्यालाई ख्याल नै नगरी साप्तहिक रुपमा आईतबार पनि बजार बन्दा गर्दा यस ठाउँ तथा विभिन्न ठाउँहरुबाट आउने सेवाग्राहीहरुले समस्या भोग्नु परेको थियो ।  

ती समस्या अबका दिनहरुमा भालुवाङ्ग पुल्चोक बजार सहित गाउँ घरका पसलहरु बन्द हुँदाको समस्या भोग्नु नपरोस् भन्दै कात्र्तिक महिना सम्म आईतबार पनि बजार खोल्ने निर्णय गरेका हौँ संघका अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिनु भयो । 

बिशेष गरी उपभोक्ता र व्यपारीको माग तथा समस्यालाई मध्यनजर गदै कुनै पनि चार्ड पर्वहरुमा बजार बन्द नगर्ने अध्यक्ष डिसीले बैठक पछि जानकारी दिनु भयो । 

आउँदै गरेको तीज पर्व देखि छठ पर्व सम्म कात्र्तिकको २१ गते आईतबार सम्म बजार तथा कलकारखाना खुल्ला गर्ने निर्णय गरेको छ । उपभोक्ताहरुलाई सहज किनमेलका लागि तीज, दशैँ, तिहार र छठ पर्व सम्म बजार खुल्ला रहने संघले जनाएको छ । 

साथै बैठकले देशको आर्थिक, भौगोलिक, जनसंख्या र समाजिक अवस्थालाई मध्यनजर गदै स्थानिय तहको पुर्नसंरचनालाई बृद्धि गरी देशभर एक हजार बढी गाउँ पालिका र नगरपालिका बनाउन राज्य पुर्नसंरचना आयोग संग माग गर्ने निर्णय गरेको छ । 

त्यस्तै बैठकले दाङ देउखुरीको पुर्नसंरचना गर्दा पुर्वी तथा दक्र्षिण देउखुरीको आर्थिक, भौतिक, समाजिक र जनसंख्याको अवस्थालाई मध्यनजर गरी लालमटिया, गोबरडिहा, सिसहनियाँ र हाँसीपुर गाविसलाई अन्य कुनै गाविस तथा नगरपालिका संग नमिसाई एउटै गाउँ पालिका बनाउन स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समिती दाङ तथा राज्य पुर्नसंरचना आयोग संग माग गर्ने निर्णय लगायतका निर्णय गरेको छ ।  

बैठकमा संघका बरिष्ठ उपाध्यक्ष रिखीराम आचार्य, उपाध्यक्ष रामबहादुर सुनार, सचिव प्रेमबहादुर केसी, कोषाध्यक्ष युवराज भुसाल, सदस्यहरु हरिप्रसाद श्रेष्ठ, हिमानन्द पाण्डे, बृहस्पति श्रेष्ठ र श्रीधर खत्री, संसथापक अध्यक्ष होमप्रसाद शर्मा, सल्लाहकारहरु नुमानन्द सुवेदी र  गञ्जबहादुर बिष्ट लगायतकाले आ—आफ्नो धारणा राख्नु भएको थियो । 

बैठकको सहर्जीकरण संघका कार्यालय प्रमुख सन्तोषकुमार योगीले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो