सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । सामुदायिक मेलमिलाप केन्द्र लालमटियाको अनुभव आदान प्रदान कार्यक्रम आइतवार लालमटियाको रेडक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । सामुदायिक मेलमिलाप केन्द्र लालमटियाको अनुभव आदान प्रदान कार्यक्रम आइतवार लालमटियाको रेडक्"/>
२०८२, २३ चैत्र सोमबार
दाङ्ग - DNG

लालमटिया मेलमिलाप केन्द्रको अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

२०७३, ६ भाद्र सोमबार १०:२७

सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । सामुदायिक मेलमिलाप केन्द्र लालमटियाको अनुभव आदान प्रदान कार्यक्रम आइतवार लालमटियाको रेडक्रस भवन मसुरियामा सम्पन्न भएको छ । 

केन्द्रका जेष्ठ सदस्य दधिबहादुर पाण्डेको अध्यक्षता एवम् लालमटिया गाविस सचिव दामोदर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रका संयोजक तुलसा गिरीले केन्द्र स्थापना देखि हाल सम्म १ सय ३ ओटा विवाद दर्ता भएकोमा ९४ ओटा विवाद मिलाएको जानकारी गराउनु भएको छ । 

जसमा ७५ ओटा सहमती, १९ ओटा असहमतीमा विवाद मिलेको र ९ ओटा विवाद केन्द्र वाहिर रिफर गरिएको जानकारी गराउनु भएको थियो । साथै संयोजक गिरीले जेठ देखि साउन सम्म मात्र १४ ओटा विवाद मिलेको जानकारी दिनु भयो । जसमा लैङगिक हिंसा, अंशवण्डा र आठा किलाको विवाद रहेको जानकारी गराइएको थियो । 

सो अवसरमा नेकपा माओवादी केन्द्रकी सरस्वती पोख्रेल, वडा नागरिक मञ्च वडा नं. ४ का संयोजक विश्वराज आचार्य र मेलमिलाप कर्ताहरु युवराज न्यौपाने, गंगा सुनार, मनकला बञ्जाडे लगायतका वक्ताहरुले आ—आफनो अनुभव राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन केन्द्रका सचिव उत्तमकुमार अधिकारीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै