सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । सामुदायिक मेलमिलाप केन्द्र लालमटियाको अनुभव आदान प्रदान कार्यक्रम आइतवार लालमटियाको रेडक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । सामुदायिक मेलमिलाप केन्द्र लालमटियाको अनुभव आदान प्रदान कार्यक्रम आइतवार लालमटियाको रेडक्"/>
२९ पुष २०८२, मंगलवार
दाङ्ग - DNG

लालमटिया मेलमिलाप केन्द्रको अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

६ भाद्र २०७३, सोमबार १०:२७

सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । सामुदायिक मेलमिलाप केन्द्र लालमटियाको अनुभव आदान प्रदान कार्यक्रम आइतवार लालमटियाको रेडक्रस भवन मसुरियामा सम्पन्न भएको छ । 

केन्द्रका जेष्ठ सदस्य दधिबहादुर पाण्डेको अध्यक्षता एवम् लालमटिया गाविस सचिव दामोदर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रका संयोजक तुलसा गिरीले केन्द्र स्थापना देखि हाल सम्म १ सय ३ ओटा विवाद दर्ता भएकोमा ९४ ओटा विवाद मिलाएको जानकारी गराउनु भएको छ । 

जसमा ७५ ओटा सहमती, १९ ओटा असहमतीमा विवाद मिलेको र ९ ओटा विवाद केन्द्र वाहिर रिफर गरिएको जानकारी गराउनु भएको थियो । साथै संयोजक गिरीले जेठ देखि साउन सम्म मात्र १४ ओटा विवाद मिलेको जानकारी दिनु भयो । जसमा लैङगिक हिंसा, अंशवण्डा र आठा किलाको विवाद रहेको जानकारी गराइएको थियो । 

सो अवसरमा नेकपा माओवादी केन्द्रकी सरस्वती पोख्रेल, वडा नागरिक मञ्च वडा नं. ४ का संयोजक विश्वराज आचार्य र मेलमिलाप कर्ताहरु युवराज न्यौपाने, गंगा सुनार, मनकला बञ्जाडे लगायतका वक्ताहरुले आ—आफनो अनुभव राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन केन्द्रका सचिव उत्तमकुमार अधिकारीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…