१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैकल्पिक सडक सञ्चालन

१४ पुष २०७८, बुधबार ११:२२

पुस १४, काठमाडौँ | रासस | म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक सञ्चालन भएको छ । जोखिमयुक्त बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय,  स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरि गाउँपालिकाले मङ्गलबारदेखि दरबाङ–धारापानी–ताकमहँुदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि सवारी आवतजावत बन्द गरेका छन् । 

सडक निर्माणलाई सहज बनाउन बादिकामा बन्द गरिए पनि आवतजावतलाई सुरक्षित र नियमत बनाउन दरबाङ–खारा–भारबाङ–ताकम–मुना बैकल्पिक सडक सञ्चालन गरिएको गाउँपालिकाका इञ्जिनीयर सोबिन जिसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाउँपालिकाका र निर्माण कम्पनीले भरबाङस्थित म्याग्दी खोलामा सात वटा ह्युम पाइप राखेर सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाएका छन् । झारवाङ घाटमा पूर्वाधार विकास कार्यालयले पक्की पुल पनि निर्माण गरिरहेको छ । 

विसं २०७५ मा मार्ग खोलिए पनि दरबाङ–बिम–ताकम–मुना सडकमापर्ने म्याग्दी नदीमा मोटरेबल पुल नहुँदा यातायातका साधन सञ्चालन हुन सकेको थिएन् । बर्खा अघिनै म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सकेर सडक सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । पूर्वाधार विकास कार्यालय म्याग्दीसँग २०७६ चैत ४ गते रु १४ करोड ३८ लाख ६७ हजार १७६ मा ठेक्का सम्झौता गरेको धुलिखेल–ब्राइट–कुवर जेभीले बादिकाको उकालोमा वैकल्पिक सडक निर्माण गरिरहेको छ । 

यसअघि मार्ग खोल्न बनाइएको सडक धेरै उकालो र ग्रेड नमिलेकाले जोखिमयुक्त भएको हुँदा दुई वटा घुम्ती थपेर करिब ४०० मिटर नयाँ मार्ग निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो । आगामी चैत ४ गतेसम्म ठेक्का अवधि भएको आयोजना अन्तर्गत सडक फराकिलो बनाउने, ग्रेड तथा घुम्ती सुधार र पर्खाल निर्माण भइरहेको छ । दरवाङको म्याग्दी खोला मोटरेबल पुलदेखि दङखोलासम्मको खण्डमा विस्तार र पर्खालको काम सकेर नाली बनाइरहेको छ । 

दरबाङदेखि धारापानी गाउँसम्मको सात किलोमिटर सडक स्तरोन्नति हुन लागेको हो । दरवाङ–दाङखोला–ताकम–मुना–ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले (क) वर्गमा राखेको छ । सबै स्थानीय तहका केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणा अनुसार यो आयोजना सञ्चालन भएको हो ।

पहिलो चरणमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको धारापानी सम्मको सडक स्तरोन्नतिको हालसम्मको प्रगति ३६ प्रतिशत छ । स्तरोन्नति गरेर सडकलाई ८ मिटर फराकिलो बनाइने भएको छ । ग्राबेल गरिने सडकको ग्रेड र घुम्ती मिलाउनुका साथै ग्याबिन, मेसिनरी पर्खाल निर्माण र केही ठाउँमा ढलान गर्ने लक्ष्य छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का