भदौ ७, दाङ | पूर्व मुख्यसचिव एवं बागमती सरसफाइ अभियानका अभियन्ता लीलामणि पौडैलले जथा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, दाङ | पूर्व मुख्यसचिव एवं बागमती सरसफाइ अभियानका अभियन्ता लीलामणि पौडैलले जथा"/>
२०८२, १ चैत्र आईतवार
दाङ्ग - DNG

जथाभावी फोहोर फाल्नेलाई एक महिना जेल !

२०७३, ७ भाद्र मंगलवार ०६:०५

भदौ ७, दाङ | पूर्व मुख्यसचिव एवं बागमती सरसफाइ अभियानका अभियन्ता लीलामणि पौडैलले जथाभावी फोहोर फाल्नेलाई एक महिना जेल हाल्न सुझाव दिएका छन् । 

मंगलबारदेखि सुरू भएको क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर अभियानको उद्घाटनपछि पौडेलले नगरवासीलाई सामूहिक रुपमा सफल खुवाएर अभियानको सुरुवात गरे । अभियान उद्घाटनका लागि दाङको तुलसीपुर आएका उनले मंगलबार बिहान अभियान उद्घाटनपछि फोहोर संकलन गर्दै जाँदा प्रत्येक पसलहरूमा छिरेर पसल सञ्चालकहरूलाई आफ्नो पसल वा घर अगाडिको फोहोर व्यवस्थापन आफैं गर्न आग्रह गरे । 

सरसफाइका अभियन्ता पौडलेले घर अगाडिको फोहर व्यवस्थापन नगर्ने र मनपरी गर्नेलाई १५ हजार जरिवाना र एक महिना जेल हाल्न सँगै रहेका प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले र तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र कार्कीलाई अनुरोध गरे ।

पौडेलले तुलसीपुरस्थित पुरानो वीरेन्द्र चोकको मुख्य सडकमै ठूलो भ्वाङ देखिपछि त्यसलाई तत्काल छोपेर राख्न वा मर्मत गर्न आग्रह गरे । 

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले, पूर्व सांसद शान्ता चौधरी लगायत नगरपालीकाका अधिकारीहरु र तुलसीपुर क्षेत्रका अन्य संघसंस्था र टोलविकास समितिहरुको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार