रबिन्द्र यादव/ भदौ ७ नवलपरासी । नवलपरासी जिल्लाको दक्षिणी भेगका अधि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ ७ नवलपरासी । नवलपरासी जिल्लाको दक्षिणी भेगका अधि"/>
६ माघ २०८२, सोमबार
नवलपुर - NWL

नवलपरासीको दक्षिणी भेगमा केबुल सेवा उपलब्ध नहुदा स्थानीय भारतीय च्यानल हेर्न बाध्य

७ भाद्र २०७३, मंगलवार ०८:२७

रबिन्द्र यादव/ भदौ ७ नवलपरासी । नवलपरासी जिल्लाको दक्षिणी भेगका अधिकांस गाउँ विकास समितिहरुमा केबुल सेवा उपलब्ध नहुदा स्थानीयहरु भारतीय च्यानल हेर्न बाध्य भएका छन् । जिल्लाको पक्लिहवा, गुठी परसौनी, बैदौली, भुजहा, ठुलो खरेटवा, सनही, गेर्मी लगायतका गाउँ विकास समितिमा अहिलेसम्म केबुल सेवा पुगेको छैन । 


आफ्नो गाउँमा केबुल सेवा नहुदा भारतीय च्यानल हेर्न बाध्य छौ, गुठी परसौनी वार्ड नम्बर ७ का समाज सेवी युवराज मौर्याले भन्नु भयो ।  सम्बन्धित निकायले आफ्नो  गाउँमा केबुल जडान गरिदिन आग्रह समेत उहाँले गर्नुभयो । नवलपरासीको जिल्लाको दक्षिणी भेगका धेरैजसो गाउहरुमा स्थानीयले बाध्य भएर भारतीय च्यानल हेर्ने गरेका छन् । नेपालीहरुको सुचनाको मौलिक अधिकार भएपनि यहाँका बासिन्दाले महसुस गर्न सकेका छैनन् । 


यसैगरी जिल्लाको केही गाउँ विकास समितिहरुमा केबुल सेवा पुगेपछि स्थानीय खुशी भएका छन् ।  जिल्लाको जमुनिया, सोमनी, रमपुरवा, हरपुर, प्रतापपुर, गुठी सुर्यपुरा, त्रिबेणी, कुडिया, नर्सही, रुपवलीया लगायतका गाउँ विकास समितिमा केबुल सेवा पुगेपछि त्यहाँका बासिन्दा खुशी भएका छन् । सोमनीका अनोज यादवले साझासबालसँग कुरा गर्दै भन्नु भयो, आफ्नो गाउमा केबुल सेवा उपलब्ध भएपछि नेपाल गरि विश्ववको खबर थाहा हुन्छ, केबल भएन भने त सुचना प्रबिधी सँग निकै टाढा भइदो रहेछ। 


सम्बन्धित निकायले केबुल सेवाको पहुँच बाट टाढा रहेको गाउँ विकास समितिहरुमा छिटोभन्दा छिटो केबुल सेवा पुर्याइदिन स्थानीयहरुले माग गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प