रबिन्द्र यादव/ भदौ ७ नवलपरासी । नवलपरासी जिल्लाको दक्षिणी भेगका अधि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ ७ नवलपरासी । नवलपरासी जिल्लाको दक्षिणी भेगका अधि"/>
२०८२, ६ चैत्र शुक्रबार
नवलपुर - NWL

नवलपरासीको दक्षिणी भेगमा केबुल सेवा उपलब्ध नहुदा स्थानीय भारतीय च्यानल हेर्न बाध्य

२०७३, ७ भाद्र मंगलवार ०८:२७

रबिन्द्र यादव/ भदौ ७ नवलपरासी । नवलपरासी जिल्लाको दक्षिणी भेगका अधिकांस गाउँ विकास समितिहरुमा केबुल सेवा उपलब्ध नहुदा स्थानीयहरु भारतीय च्यानल हेर्न बाध्य भएका छन् । जिल्लाको पक्लिहवा, गुठी परसौनी, बैदौली, भुजहा, ठुलो खरेटवा, सनही, गेर्मी लगायतका गाउँ विकास समितिमा अहिलेसम्म केबुल सेवा पुगेको छैन । 


आफ्नो गाउँमा केबुल सेवा नहुदा भारतीय च्यानल हेर्न बाध्य छौ, गुठी परसौनी वार्ड नम्बर ७ का समाज सेवी युवराज मौर्याले भन्नु भयो ।  सम्बन्धित निकायले आफ्नो  गाउँमा केबुल जडान गरिदिन आग्रह समेत उहाँले गर्नुभयो । नवलपरासीको जिल्लाको दक्षिणी भेगका धेरैजसो गाउहरुमा स्थानीयले बाध्य भएर भारतीय च्यानल हेर्ने गरेका छन् । नेपालीहरुको सुचनाको मौलिक अधिकार भएपनि यहाँका बासिन्दाले महसुस गर्न सकेका छैनन् । 


यसैगरी जिल्लाको केही गाउँ विकास समितिहरुमा केबुल सेवा पुगेपछि स्थानीय खुशी भएका छन् ।  जिल्लाको जमुनिया, सोमनी, रमपुरवा, हरपुर, प्रतापपुर, गुठी सुर्यपुरा, त्रिबेणी, कुडिया, नर्सही, रुपवलीया लगायतका गाउँ विकास समितिमा केबुल सेवा पुगेपछि त्यहाँका बासिन्दा खुशी भएका छन् । सोमनीका अनोज यादवले साझासबालसँग कुरा गर्दै भन्नु भयो, आफ्नो गाउमा केबुल सेवा उपलब्ध भएपछि नेपाल गरि विश्ववको खबर थाहा हुन्छ, केबल भएन भने त सुचना प्रबिधी सँग निकै टाढा भइदो रहेछ। 


सम्बन्धित निकायले केबुल सेवाको पहुँच बाट टाढा रहेको गाउँ विकास समितिहरुमा छिटोभन्दा छिटो केबुल सेवा पुर्याइदिन स्थानीयहरुले माग गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने