२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सामाजिक सञ्जाललाई समाज परिवर्तनमा उपयोग गराँै’

२०७८, २१ पुष बुधबार ०९:४२

पुस २१, काठमाडौँ | प्रेस काउिन्सल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको विवेकशील प्रयोग गर्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको संयोजनमा आज बेनीमा भएको पत्रकारिता आचारसंहिता जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जाललाई समाज परिवर्तनको साधनका रुपमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो । 

“दर्ता भएका पत्रकारिता, रेडियो, टेलिभिजन र अनलाइनका सामाजिक सञ्जाललाई प्रेस काउन्सिलले अनुगमन गर्छ,” उहाँले भन्नुभयो “प्रविधिको विकाससँगै पाएको सुविधालाई धनआर्जन गर्ने मात्र नभइ समाजमा सकारात्मक सुधारको माध्यम बनाउन आवश्यक छ ।”

कार्यक्रममा सहभागी स्थानीय सञ्चार माध्यमका प्रतिनिधिले वर्गीकरण नजिता नआउदा पछिल्लो अवधिमा सञ्चालनमा आएका पत्रपत्रिकाले राज्यले दिने लोककल्याणकारी विज्ञापनबाट वञ्चित हुनुपरेको गुनासो गरेका थिए । काउन्सिलका सदस्य दुर्गा भण्डारीले नयाँ सञ्चार माध्यम र प्रविधिको विकाससँगै थपिएको पत्रकार आचारसंहिता पालनाको चुनौती घटाउन देशव्यापी जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो । 

काउन्सिलका अनुगमनकर्ता गीता कठायतले देशभरका पत्रपत्रिका, पत्रकार महाङ्घ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले म्याग्दी र अग्रज पत्रकार पुण्य पौडेलले प्रदेशका सञ्चार माध्यम र पत्रकारको आचारसंहिता पालनाको अवस्थाको बारेमा सहजिकरण गर्नुभएको थियो । 

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले पत्रकारितालाई तत्थ्यपरक र बिश्वसनीय बनाउन सूचनाको हकको उपयोग गर्न सुझाव दिनुभयो । प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले समाचारले अनुसन्धानलाई असफल बनाउन र अदालती पक्रियामा असर पुग्न नहुनेतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।  

जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठले लोककल्याणकारी विज्ञापन प्रकाशनबापतको भुक्तानी जिल्लाबाटै गर्न थालिएको जानकारी दिनुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष दीपक पौडेलले जिल्लाका पत्रकार आचारसंहिताको विषयमा संवेदनशील रहेको बताउनुभयो ।

 कार्यक्रममा ४० सञ्चारकर्मीले भाग लिएका महासङ्घ म्याग्दी शाखाका सचिव सन्तोष गौतमले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ