भदौ ७, भक्तपुर । प्रवेशिका (एसएलसी) पुरक अर्थात् ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, भक्तपुर । प्रवेशिका (एसएलसी) पुरक अर्थात् ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । "/>
२८ पुष २०८२, सोमबार
काठमाडौँ - KTM

एसएलसी पुरक परीक्षाको नतिजा छिट्टै सार्वजनिक हुने

७ भाद्र २०७३, मंगलवार १२:२१

भदौ ७, भक्तपुर । प्रवेशिका (एसएलसी) पुरक अर्थात् ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । 

उत्तरपुस्तिका परीक्षण सकिएर जिल्ला जिल्लाबाट परीक्षार्थीको विषयगत प्राप्ताङ्क कार्यालयमा आइसकेको छ । कार्यालयले प्राप्ताङ्क कम्प्युटरमा दर्ता गर्ने काम गरिरहेको काप्रीले जानकारी दिनुभयो । प्राप्ताङ्क दर्ता सकिएलगत्तै रुजु गरिसकेपछि नतिजा सार्वजनिक गरिनेछ । 

एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘इ’ ग्रेड ल्याउने नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेड तर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना सहभागी हुनुपर्नेमा परीक्षामा भने ७३ हजार परीक्षार्थी मात्रै सहभागी भएका थिए । 

परीक्षामा ‘डि’ र ‘इ’ ग्रेड ल्याउने सबै विद्यार्थी सहभागी नभएको जानकारी दिँदै सोही ग्रेडका कतिपय विद्यार्थीले कक्षा ११ मा भर्ना भएका वा अन्य विकल्प रोजेका कारणले परीक्षामा कम विद्यार्थीको सहभागिता भएको हुनसक्ने परीक्षा नियन्त्रक काप्रीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…