रबिन्द्र यादव/ भदौ ७ नवलपरासी । प्रदुषण पिडित संघर्ष समिति र किसानहरुले इन्दरा सुगर मिल गंगापुरका सहायक प्रहलाद याद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ ७ नवलपरासी । प्रदुषण पिडित संघर्ष समिति र किसानहरुले इन्दरा सुगर मिल गंगापुरका सहायक प्रहलाद याद"/>
६ माघ २०८२, सोमबार
नवलपुर - NWL

नवलपरासीका प्रदुषण पिडित र किसानद्धारा इन्दरा सुगर मिलका कर्मचारीमाथि कुटपिट

७ भाद्र २०७३, मंगलवार १४:११

रबिन्द्र यादव/ भदौ ७ नवलपरासी । प्रदुषण पिडित संघर्ष समिति र किसानहरुले इन्दरा सुगर मिल गंगापुरका सहायक प्रहलाद यादव र उनका छोरा मुन्ना यादवलाई कुटपिट गरेका छन् । प्रदुषण पिडित संघर्ष समिति र पिडित किसानहरु बिच तथा मिल मालिक बिच आज हुने भनिएको वार्ता मिल मालिक मापदण्डअनुसार कागजपत्र लिएर न आएपछि मिल कर्मचारी र किसानहरु बिच झडप भएको थियोे । 



इन्दरा सुगर मिल गंगापुरले आफ्नो दुषित पानी कंगली र चुर्निया खोलामा ढल निकास गरेपछि वरिपरि किसानले लगाएको सयौ बिगहा धानबाली तरकारी र केरा खेती नष्ट भएका छन साथै मानव स्वास्थ्य मा गम्भीर असर पारेको, खानेपानी दुषित भएको, लामखुट्टे को बिगबिगी भएको भन्दै गत २७ गते देखि किसानहरूले  चरणबद्ध आन्दोलन गर्दै आएका छन् । 



संघर्ष समिति का संयोजक विनोद यादवले साझासबाल लाई जानकारी दिए अनुसार भोलि देखि बाताबरण विभाग का राजेश्वर पौडेलको नेतृत्वमा कृषि कार्यालय मिलको पानी, धुवा, धुली चेक, ब्यालर लगायतको परिक्षण गरि सात दिन भित्र जिल्ला प्रशासन कार्यालय मा बुझाइने आज सम्झौता भएको बताउनु भयो । संघर्ष समितिले मिल कर्मचारी संग वार्ता न हुने मात्र मिल मालिक संग हुने अडान राख्दै आएको छ ।



 आज पुनः संघर्ष समिति र किसानहरुले शान्ति चौर देखि नारा जुलुस सहित आएर जिल्ला प्रशासन लाई घेराउ गरेका थिए । संघर्ष समितिउ का सदस्य अल्सगिर हजामले मिलमा रहेको डिष्टलरी बन्द गर्नु पर्ने र क्षतिपुर्ति दिनु पर्ने प्रमुख रहेको बताउनु भएको छ तत्काल भएन भने वहाले अनशनमा हामी पिडित किसान बस्ने चेतावनीसमेत दिनु भएको छ । 



किसानहरुले पटक पटक जिल्ला प्रशासन कार्यालय मा ज्ञापनपत्र समेत बुझाउदा सम्बन्धित निकायले ध्यान न दिएको किसानहरुको गुनासो छ । यता जिल्ला प्रमुख अधिकारी महादेव पन्तले किसाहरुले अविलम्ब क्षतिपूर्ति पाउने बताउदै आउनु भएको छ र डाटा संकलनमा छुटेका किसानको क्षतिपूर्ति विवरण सात दिन भित्र जिल्ला प्रशासन कार्यालयमा पेशा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प