१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जित्ने र अधिकार बढी हुने ठाउँमा पुरुषले महिलालाई अवसर दिँदैनन्’

२३ पुष २०७८, शुक्रबार ०६:१३

पुस २३,काठमाडौँ | संविधान प्रदत्त  महिला अधिकार व्यवहारमा अझै कार्यान्वयनमा आउन नसकेको जिल्लाका अगुवा महिलाले व्यक्त गर्नुभएको छ  । दलहरुकै असहयोगले आफुहरु नेतृत्वमा पुग्न नपाएको उनीहरुको गुनासो छ । 

नारी सञ्चारगृह झापाद्वारा विहीबार यहाँ आयोजित  महिलाले भोग्नु परिरहेका समस्या विषयक  अन्तक्र्रिया कार्यक्रमका सहभागी वक्ताले महिलाले घरेलु हिंसासँगै राजनीतिक विभेद र हिंसा व्यहोर्नुपरेको बताउनुभयो  ।

त्रिदेव बहुमुखी क्याम्पस चारआलीकी अध्यापक सावित्रा दाहालले झापाको १३१ वडामध्ये तीन वडामा महिला वडाध्यक्ष रहेको र १५ पालिकामध्ये कमल गाउँपालिकामा मात्र प्रमुख पदमा महिलाले जिम्मेवारी सम्हाल्ने अवसर पाएको तथ्याङ्क प्रस्तुत गर्दै संविधानले भनेजस्तो महिलाको ३३ प्रतिशत सहभागिता नभएको बताउनुभयो ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले नगरपालिकाको बजेट तर्जुमा गर्ने जिम्मेवारी उपप्रमुखलाई दिइएको भए तापनि प्रमुखले प्रमाणीकरण नगरी बजेट पारित नहुने व्यवस्थाका कारण उपप्रमुख निर्णायक नरहेको गुनासो गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र)का नेतृ पनिता ढकालले महिलालाई राजनीतिक दलहरुले अवसर प्रदान गर्न कञ्जुस्याइँ गरे तापनि महिलाले विद्रोह गर्न तयार हुनुपर्ने धारणा राख्नुभयो । सञ्जीवनी महिला संस्थाकी अध्यक्ष रेणुका डाँगीले संविधानले दिएको अधिकार लिन नसक्नुमा महिलामा साझा धारणा बन्नु नसक्नु सबैभन्दा ठूलो बाधक रहेको बताउनुभयो । 

नेकपा (एकीकृत समाजवादी) निकट अनेमसङ्घ प्रदेश नं १ की उपसचिव सविता भेटवालले महिलाको खुट्टा तान्ने काम महिलाबाटै हुने गरेको चर्चा गर्दै महिलाबीच एकताको खाँचो औँल्याउनुभयो । मेचीनगर नगरपालिका कार्यपालिका सदस्य बृन्दा प्रसाईँले महिला जनप्रतिनिधि पुरुष जनप्रतिनिधिबाट हेपिने गरेको अनुभूति सुनाउँदै महिलाका आवाजलाई बैठकमा महत्व नदिइएको गुनासो गर्नुभयो । अर्का सदस्य निर्मला परियारले प्रमुख पदमा महिलालाई पु¥याउन सबै दलका महिलाले सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेतृ बीना तामाङले महिलालाई अझै पनि पिञ्जडाको सुगाजस्तो बनाइएको धारणा व्यक्त गर्दै महिलाको अधिकार कागज र भाषणमा सीमित रहेको बताउनुभयो । सामाजिक अगुवा सरस्वती सिटौलाले महिलाले कति सम्मान र अधिकार पाएका छन् भनेर हेर्न राजनीतिक तथा सामाजिक संस्थाका मञ्चमा हुने थोरै महिला सहभागिताले प्रष्ट पार्ने बताउनुभयो  । महिला जनचेतना केन्द्र मेचीनगरकी अध्यक्ष राधा प्रधानले महिला सक्षम र योग्य भएर पनि राजनीतिक दलहरुले अवसर नदिएका कारण नीति निर्माण तहमा पुग्न नसकेका छैनन् भन्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव