पुस २४, काठमाडौँ | बाँकेमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको ज्यान गएको हो।
माघी पर्वका लागि टपरी बनाउन सालको पात टिप्न शनिबार बिहान जंगल गएकी थारुको मृत्यु बाघको आक्रमणबाट भएको प्रहरीले जनाएको छ।
भोजभगवानपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बसन्त गौतममा अनुसार गम्भीर घाइते भएकी थारुको घटनास्थलमै मृत्यु भएको हो। पात टिप्न गएका अन्य सबै महिला सकुशल रहेको प्रहरीले जनाएको छ।