२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीरगञ्जमा ‘चालकसँग एक मिनेट’

२५ पुष २०७८, आईतवार १०:०१

पुस २५, काठमाडौँ | प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले  ट्राफिक सचेतना अभियानअन्तर्गत चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक सचेतना अभिवृद्धि गराई सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले सो कार्यक्रम गर्दै आएको हो । 

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक सचेतना अभियानअन्तर्गत कार्यालयसहित त्यस मातहातका कार्यालयले विभिन्न कार्य गर्दै आएको छ । प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकृत सन्तुलालप्रसाद जैसवालले चालू आर्थिक वर्ष २०७८/७९ को पुस महिना मसान्तसम्ममा यस कार्यालयबाट मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने १९३ चालकलाई कारवाही गरिएको बताउनुभयो ।  

यसैगरी चालू आव २०७८÷७९ को साउनदेखि मङ्सिर मसान्तसम्म क्षमताभन्दा बढी मालसामान ढुवानी गर्ने १०९ सवारी साधनका चालकलाई कारवाही गरिएको छ । कारवाही गर्दा रु १६ लाख राजस्व सङ्कलन भएको छ । यस्तै चालू आवको मङ्सिर मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख १२ हजार ७८३ सवारी साधनका चालकलाई कारवाही गरी कूल रु कूल नौ करोड ७७ लाख राजस्व सङ्कलन गरिएको छ ।

कार्यालयका अनुसार २०७८ सालको पुस मसान्तसम्ममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १९३ चालकलाई कारवाही गरिएको छ । यस कार्यालय मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, बारा र रौतहटमा विभिन्न पदमा कार्यरत ११६ ट्राफिक प्रहरीलाई प्रशिक्षणसमेत दिइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान