२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वीरगञ्जमा ‘चालकसँग एक मिनेट’

२५ पुष २०७८, आईतवार १०:०१

पुस २५, काठमाडौँ | प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले  ट्राफिक सचेतना अभियानअन्तर्गत चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक सचेतना अभिवृद्धि गराई सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले सो कार्यक्रम गर्दै आएको हो । 

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक सचेतना अभियानअन्तर्गत कार्यालयसहित त्यस मातहातका कार्यालयले विभिन्न कार्य गर्दै आएको छ । प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकृत सन्तुलालप्रसाद जैसवालले चालू आर्थिक वर्ष २०७८/७९ को पुस महिना मसान्तसम्ममा यस कार्यालयबाट मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने १९३ चालकलाई कारवाही गरिएको बताउनुभयो ।  

यसैगरी चालू आव २०७८÷७९ को साउनदेखि मङ्सिर मसान्तसम्म क्षमताभन्दा बढी मालसामान ढुवानी गर्ने १०९ सवारी साधनका चालकलाई कारवाही गरिएको छ । कारवाही गर्दा रु १६ लाख राजस्व सङ्कलन भएको छ । यस्तै चालू आवको मङ्सिर मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख १२ हजार ७८३ सवारी साधनका चालकलाई कारवाही गरी कूल रु कूल नौ करोड ७७ लाख राजस्व सङ्कलन गरिएको छ ।

कार्यालयका अनुसार २०७८ सालको पुस मसान्तसम्ममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १९३ चालकलाई कारवाही गरिएको छ । यस कार्यालय मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, बारा र रौतहटमा विभिन्न पदमा कार्यरत ११६ ट्राफिक प्रहरीलाई प्रशिक्षणसमेत दिइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव