पुस २६, बेनी । धवलागिरि गाउँपालिका–२ लुलाङ । भौगोलिकरुपमा विकट र  विकासका हिसाबले पिछडिएको मात्र छैन प्राकृतिक प्रकोपले आक्रान्त भएको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिराको जोखिम बढेको छ । गा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, बेनी । धवलागिरि गाउँपालिका–२ लुलाङ । भौगोलिकरुपमा विकट र  विकासका हिसाबले पिछडिएको मात्र छैन प्राकृतिक प्रकोपले आक्रान्त भएको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिराको जोखिम बढेको छ । गा"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

लघुजलविद्युत् बगाउँदा गाउँ अन्धकार र पहिराले उठिबासको त्रास’

२६ पुष २०७८, सोमबार ०९:३५

पुस २६, बेनी । धवलागिरि गाउँपालिका–२ लुलाङ । भौगोलिकरुपमा विकट र  विकासका हिसाबले पिछडिएको मात्र छैन प्राकृतिक प्रकोपले आक्रान्त भएको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिराको जोखिम बढेको छ । गाउँ नै पहिराको जोखिममा रहनाका साथै गत भदौ २० गते आएको बाढीले लघुजलविद्युत् परियोजना बगाएपछि अन्धकार पनि हुँदै आएको  छ । 

परियोजनाको विद्युत् गृहसहित मुहान र बिजुलीको खम्बासमेत बगाएकाले अहिलेसम्म दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पूर्णरुपमा बन्द हुँदा गाउँका ३५४ घरधुरी विद्युत् सुविधाबाट बञ्चित भएका छन् । त्रिचालिस किलोवाट क्षमताको लघु जलविद्युत् परियोजना बगाएर गाउँ नै अन्धकार बनाएको  अवस्थामा गत कात्तिक ५ गते खसेको  पहिराले लुलाङवासीमा त्रास बढाएको छ । दरखोलाको कटानले पनि बस्तीमुनिको पाखो बग्न थालेपछि चार घर विस्थापित भैसकेको छ । 

अहिले हिउँदयाम भएकाले पुनःसोही ठाउँमा बस्दै आए पनि पहिराको जोखिम नहटेको स्थानीय पलु पुनको गुनासो थियो । “हाम्रो उठिबास लाग्ने भएको छ, पहिरो जाँदा केही समय घर छाडेर निस्किएका थियौँ, अहिले वैकल्पिक बासको व्यवस्था नहुँदा पुनःपहिराको जोखिमका बीच पनि घरमा फर्किएका छौँ, तर अब यहाँ लामो समय बस्ने अवस्था देखिएको छैन, पहिरो रोकथामतर्फ कुनै काम पनि  भएको छैन”, उहाँले भन्नुभयो । पहिराले ज्ञानबहादुर पाइजा, रनप्रसाद पाइजा, दलबहादुर राना र पलु पुनको घर उच्च जोखिममा रहेको देखिन्छ । बस्तीसँगै रहेको स्वास्थ्य चौकी, पशु सेवा केन्द्र, हुलाक र लमसुङ माध्यमिक विद्यालयसमेत पहिराको चपेटामा परेका छन् । दरखोलाकै कटानले यहाँको बगरका मनप्रसाद सुनार, अथमा बुढा, लीलबहादुर बुढा र कृष्ण गौचनको घरसमेत जोखिममा परेको छ । 

पहिराले करिब रू १५ करोडभन्दा बढीको भौतिक पूर्वाधारमा क्षति पु¥याउने जोखिम बढेका कारण तत्काल नदीको कटान रोकथाम र पहिरो नियन्त्रणका लागि ग्याविन जाली लगाउने काम गर्नुपर्ने स्थानीय अगुवा ज्ञानबहादुर पाइजाले बताउनुभयो । “पहिले लमसुङ गाउँदेखि माथिको पहिराले सतायो त्यो पहिरो रोकिनसक्दै बस्तीमुनिबाट पहिराले त्रास सिर्जना गरेको छ, यो हिउँदमा तटबन्ध र ग्याविन जाली लगाउने काम गर्न नसके आगामी वर्षात्मा बाढी र पहिराले गाउँमा ठूलो क्षति निम्त्याउने निश्चित छ”, उहाँले भन्नुभयो । 

स्वास्थ्य चौकीलगायत पूर्वाधार बनाउन ठूलो सङ्घर्ष भएको स्मरण गराउँदै उहाँले पहिरो रोकथाम नभए बस्तीसँगै स्वास्थ्य चौकीसमेत बग्ने जोखिम रहेको बताउनुभयो । मुना–ढोरपाटन सडकले खोरियाको धराटोलको १३ घर पहिराको जोखिममा पारेको स्थानीयवासीको भनाइ थियो । सिङ्गो वडाका अधिकांश बस्ती पहिराको चपेटामा पर्दासमेत पहिरो नियन्त्रण र रोकथामका लागि कुनै पनि तहका सरकारले चासो नदिएको उनीहरूको गुनासो थियो । यसअघि लमसुङ गाउँको शिरबाट खस्न सुरु गरेको जुगेपानीको पहिराले वर्षौंसम्म स्थानीयवासीलाई त्रासमा बस्न बाध्य बनाएको थियो । 

गाउँ अन्धकारमा

धवलागिरि गाउँपालिका–२ मा विगत चार महिनादेखि अन्धकार बनेको छ । गत भदौ २० गते अविरल वर्षासँगै आएको बाढीले स्थानीय ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बगाएकाले गाउँ अन्धकार हुँदै आएको हो । उक्त लघुजलविद्युत् उपभोग गरिरहेका लुलाङ, लमसुङ, खोरियालगायत बस्तीका बासिन्दालाई रातमा टुकीको साहरा लिनुपर्ने बाध्यतामा रहेको स्थानीय युवा भक्तबहादुर सिङ्किजा पुनमगरले बताउनुभयो ।

उहाँका अनुसार बाढीले बगाएको लघुजलविद्युत् पुनःनिर्माणको काममा ढिलाइ भएको र केन्द्रीय प्रसारण लाइनको समेत पहुँच नभएकाले स्थानीयवासी थप समस्यामा परेका छन् । रातमा बत्ती बाल्ने समस्यासँगै स्थानीयस्तरमा रहेका घरेलु उद्योगसमेत समस्यामा परेका छन् । लघुजलविद्युत्को बिजुली प्रयोग गरी सञ्चालन भएका फर्निचर, कुटानीपिसानी मिल, बेकरी, मासु पसललाई समेत असर परेको  स्थानीय प्रविना विकले बताउनुभयो । 

“रातमा गाउँका बालबच्चाले पढ्न पाउँदैनन्, फ्रिजमा राखेर बिक्री गरिने सामानको विक्रीवितरण हुन सकेको छैन, जतिसक्दो चाँडो लघुजलविद्युत् पुनःनिर्माण गर्न जरुरी छ”, उहाँले भन्नुभयो । मरेनीको फेदीमा विद्युत्गृह रहेको उक्त परियोजना बाढीले बगाउँदा करिब रू ३० लाख बराबरको संरचनामा क्षति पुगेको परियोजनाका सचिव लालबहादुर खड्काथोकीले जानकारी दिनुभयो । बाढीले परियोजनाको मुहानतर्फको कुलो र बाँधमा पनि क्षति पु¥याएको थियो । 

त्यसैगरी विद्युत्गृह पूर्णरुपमा बगाउनाका साथै विद्युत्गृहका जेनेरेटर, एलसी बोर्ड, हिटरलगायत उपकरणमा क्षति पुगेको र पाँच वटा बिजुलीका खम्बा बगाएको थियो । यस परियोजनाबाट वडाभित्रका ३५४ घरधुरीले नियमितरुपमा विद्युत् सुविधा उपभोग गर्दै आएका थिए । विद्युत् सुविधा नहुँदा मोबाइल चार्ज गर्न, टेलिभिजनलगायत सञ्चार सेवाको उपभोग गर्नसमेत समस्या भएको स्थानीयवासीको भनाइ गुनासो थियो । यसअघि २०७३ मा पहिराले जुगेपानीस्थित २५ किलोवाट क्षमताको लघुजलविद्युत् परियोजना बगाएकाले  पुनः मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरी क्षमता बढाएर २०७६ मा निर्माण गरिएको थियो । 

परियोजना पुनःनिर्माणका लागि  २० लाख 

बाढीले बगाएको उक्त परियोजना पुनःनिर्माण गर्न रु २० लाख बजेट विनियोजन भएको छ । धवलागिरि गाउँपालिकाले रु १० लाख र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ का प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु १० लाख बजेट विनियोजन भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । प्राविधिक सर्वेक्षणको काम गरेर बजेट विनियोजन गरिएको र पुनःनिर्माणको काम अघि बढाउने तयारी गरिएको उहाँले बताउनुभयो । 

दुई वर्षअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रू ८५ लाख, गाउँपालिकाको रू५० लाख र स्थानीयवासीको रू ३३ लाख बराबरको श्रमदानमा परियोजना निर्माण गरिएको थियो । केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको लुलाङमा मोटरबाटोको समेत पहुँच पुग्न सकेको छैन । बजेटको व्यवस्था भइसकेको र पुनःनिर्माणको तयारी भएकाले आगामी दुई महिनाभित्रमा पुनः लघुजलविद्युत्बाट बिजुली उत्पादन हुने वडाध्यक्ष गमप्रसाद विश्वकर्माले जानकारी दिनुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान