२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाका सीडीओको बैठक : कुन-कुन क्षेत्रमा निषेधाज्ञा ?

२७ पुष २०७८, मंगलवार ०६:१७

पुस २७, काठमाडौँ | काठमाडौँ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज मंगलबार बस्दैछ। दिउँसो बस्ने बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि छलफल गर्ने बताइएको छ। काठमाडौं उपत्यकामा सीसीएमसीसीले गरेको सिफारिस कार्यान्वयन गर्नेबारे छलफल हुन लागेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

सरकारले सार्वजनिक सेवा प्राप्त गर्नका लागि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्न लागेको छ। कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्न सिफारिस गरेको थियो।

त्यस्तै सार्वजनिक स्थानहरु जस्तै कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल रंगशाला र पार्कमा पनि खोप कार्ड अनिवार्य गरेको छ। त्यस्तै अन्तर्राष्ट्रिय उडानमा हुने भीडभाड कम गर्न उडान तालिका बनाउन पर्यटन, सँस्कृति तथा नागरिक उड्डयन मन्त्रालयलाई उडान तालिका मिलाउन र आन्तरिक उडानतर्फ खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पासको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने र राजनीतिक दलहरूलाई ठूला भेला-कार्यक्रम नगर्न, विभिन्न संघ-संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ। यसअघि नै पूर्वनिर्धारित कार्यक्रम भए स्थानीय प्रशासनको अनुमतिमा मात्रै कार्यक्रम गर्ने व्यवस्था गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव