२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्ध एयरले बढायो तलब सुविधा, अफिसरको १२ हजार ८ सय पुग्यो

२७ पुष २०७८, मंगलवार ०६:२९

पुस २७, काठमाडौँ | निजी वायुुसेवा कम्पनी बुद्ध एयरले कर्मचारीको तलब वृद्धि गरेको छ । देशको अग्रणी वायुसेवा कम्पनीमा रहेको बुद्ध एयरले कर्मचारीको लामो समयदेखि सरकारले तोकेभन्दा कम न्यूनतम पारिश्रामिकमा काम गराउँदै आएको थियो । 

सरकारले गत साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रामिक १५ हजार रूपैयाँ तोकेको थियो । तर, बुद्ध एयर प्रालिले सबैभन्दा सानो पद लोडरमा काम गर्नेलाई मासिक ३ हजार ६ सय रूपैयाँ दिँदै आएको थियो । 

त्यस्तै सहायक(अफिस असिस्टेन्ट) र अधिकृत तहका कर्मचारीलाई ८ हजार ६ सय र नौ हजार पाँच सय रूपैयाँ दिँदै आएको थियो । बुद्ध एयरका एक कर्मचारीका अनुसार कम्पनीले लोडरदेखि अफिसरसम्मको तलबवृद्धि गरेको हो ।

बुद्धले अधिकृत स्तरका कर्मचारीको तलब ९ हजार पाँच सयबाट १२ हजार ८ सय बनाएको छ । लोडरको तलब ३ हजार ३ सयबाट ९ हजार पाँच सय पुर्‍याएको छ । यद्यपी यो सरकारले तोकेको न्यूनतम पारिश्रामिक भित्र भने पर्दैन । कम्पनीका ती बहालवाला कर्मचारीका अनुसार यही डिसेम्बरबाट लागू हुनेगरी तलब बढेको हो ।  

पहिलाको तुलनामा न्यूनतम तलबवृद्धि भएका कारण यतिबेला कर्मचारी केही हदसम्म खुसी छन् । तर, न्यूनतम मापदण्डमा अझै नपुगेका कारण सन्तुष्ट भने छैनन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव