भदौ ८, जनकपुरधाम । सीताको जन्मसँग जोडिएको दूधमती नदीको उद्गमस्थल अतिक्रमित भएको छ । 

सो नदीको उद्गमस्थल क्षीरेश्वरनाथ नगरपालिका–५ मा नगरपालिकाले ठूलोपोखरी बनाएका कारण नदीको बहाव नै रोकिएको हो । 

त्यस्तै वडा नं ३ को पकडिया मुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, जनकपुरधाम । सीताको जन्मसँग जोडिएको दूधमती नदीको उद्गमस्थल अतिक्रमित भएको छ । 

सो नदीको उद्गमस्थल क्षीरेश्वरनाथ नगरपालिका–५ मा नगरपालिकाले ठूलोपोखरी बनाएका कारण नदीको बहाव नै रोकिएको हो । 

त्यस्तै वडा नं ३ को पकडिया मुस"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

दूधमती नदीको उद्गमस्थल अतिक्रमित

२०७३, ८ भाद्र बुधबार ०८:०७

भदौ ८, जनकपुरधाम । सीताको जन्मसँग जोडिएको दूधमती नदीको उद्गमस्थल अतिक्रमित भएको छ । 

सो नदीको उद्गमस्थल क्षीरेश्वरनाथ नगरपालिका–५ मा नगरपालिकाले ठूलोपोखरी बनाएका कारण नदीको बहाव नै रोकिएको हो । 

त्यस्तै वडा नं ३ को पकडिया मुसहरी टोलका सम्भ्रान्त व्यक्तिले दुईवटा पोखरी बनाई नदीको आकार नै तीन किमी टाढासम्म अस्तित्वविहीन बनाएका छन् । 

दूधमती गरिमा संरक्षण अभियान र रवीन्द्र साह स्मृति प्रतिष्ठानको अभियानमा पत्रकार, साहित्यकार, शिक्षक र नागरिक समाजद्वारा उद्गमस्थलदेखि मटिहानीसम्म गरिएको पदयात्रा प्रतिवेदनले सो तथ्य उजागर गरेको हो । 

उद्गमस्थलदेखि मटिहानीसम्म करिब ३५ किमीमध्ये केही स्थानमा मात्र नदीको बहाव देखिने प्रतिवेदनमा उल्लेख छ । 

सपही गाविसको गम्हरिया टोलमा नदीको आकार देखिए पनि दुई किमीसम्म बहाव छैन भने कुर्था पिडारी सिमानादेखि जनकपुर उपमहानगरपालिकाको २१ देखि २५ वडासम्मको देवपुर रुपैठासम्ममा नदीको जग्गा पनि अतिक्रमण भएको छ । 

प्रतिवेदन सार्वजनिक गर्दै अभियानकर्ता भोगेन्द्रलाल कर्णले उद्गमस्थलमा नगरपालिकाले बहाव रोकेर पोखरी बनाई माछापालन गरिहेको जानकारी दिनुभयो । 

वरिष्ठ पत्रकार राजेश्वर नेपालीले क्षीरेश्वरनाथ नगरपालिकामा सो नदी केही व्यक्तिले निजी सम्पत्ति बनाई नदीको अस्तित्व नै समाप्त पार्ने कार्य गरेको आरोप लगाउनुभयो । 

सो नदीलाई प्राचीन धर्मग्रन्थहरूमा सरस्वती भनी ज्ञान, विद्या र बुद्धिदात्री उल्लेख गरिएको छ । 

जानकीको प्रादुर्भावपछि सम्पूर्ण देवीदेवता जनकपुर आएका बेला कामधेनु गाई पनि आएकी थिइन्, कामधेनुले बालिका जानकीलाई दूध खुवाउँदा दूधको धारा धरतीमा झर्दा नदीको स्वरूप लिएकाले यहाँ स्नान गर्दा कल्याण हुने धार्मिक विश्वास छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै