भदौ ८, काठमाडौँ । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापतिसहितका टोलीले कञ्चनपुर घटनाको स्थलगत अनुगमनका लागि आज त्यसतर्फ जानुभएको छ । 

समितिका सभापति रञ्जुकुमारी झाको नेतृत्वमा सांसदहरु आनन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, काठमाडौँ । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापतिसहितका टोलीले कञ्चनपुर घटनाको स्थलगत अनुगमनका लागि आज त्यसतर्फ जानुभएको छ । 

समितिका सभापति रञ्जुकुमारी झाको नेतृत्वमा सांसदहरु आनन्"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अनुगमन टोली कञ्चनपुरतर्फ

२०७३, ८ भाद्र बुधबार ०८:५१

भदौ ८, काठमाडौँ । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापतिसहितका टोलीले कञ्चनपुर घटनाको स्थलगत अनुगमनका लागि आज त्यसतर्फ जानुभएको छ । 

समितिका सभापति रञ्जुकुमारी झाको नेतृत्वमा सांसदहरु आनन्दी पन्त, कलशादेवी महरा, मुक्ताकुमारी यादव, दुर्गा खनाल र रुक्मिणी चौधरीसहितका टोलीले कञ्चनपुरमा भएको रामदुलारी रानाको हत्यासम्बन्धी घटनाको सत्य तथ्य बुझ्न स्थलगत अनुगमनका लागि त्यसतर्फ जानुभएको हो । 

सभापति झाले घटनाको तथ्य बाहिर ल्याउन स्थानीय प्रहरी प्रशासनलाई निर्देशन दिइए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको स्थानीयको गुनासो आएकाले समितिले स्थलगत अनुगमनका लागि जाने निर्णय गरेको जानकारी दिनुभयो । 

छिमेकी प्रकाश मल्लसँग प्रेममा परेको भनिएकी राना गत जेठ १८ गते घरबाट हराएकी थिइन् । उनको शव जेठ २२ गते फेला परेको थियो । उनको अढाइ वर्षको छोरो छ । रामदुलारीका ससुरा पदम रानाले मल्ल परिवारका छ सदस्यका नाममा किटानी जाहेरी दिएका थिए । 

प्रहरीले उक्त घटनालाई गम्भीर रुपमा नलिएको र वास्तविक अपराधीलाई कारबाही नगरेको भन्दै स्थानीयवासीले विरोधका विभिन्न कार्यक्रमसमेत गर्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै