२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ, यसअघिका सबै पास खारेज !

२९ पुष २०७८, बिहीबार ०५:४७

पुस २९, काठमाडौँ | कोरोनाभाइरसको संक्रमण बढेसँगै गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ। 

बुधबार एक सूचना जारी गर्दै कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टलाई मध्यनजरमा राख्दै सिंहदरबार प्रवेश गर्न कडाइ गरेको हो। 

सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी सबै प्रकारका पास, अस्थायी परिचयपत्रहरू खारेज भएको गृह मन्त्रालयले जनाएको छ। 

नयाँ स्थायी, अस्थायी पास तथा परिचय पत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायले सिफारिस गर्ने तर गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्ने भनिएको छ। 

त्यस्तै सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा भने पहिलेकै पास-परिचयपत्रबाट प्रवेश दिइनेछ। 

पत्रकारहरूको हकमा भने सूचना विभागको परिचयपत्रको आधारमा मात्रै प्रवेश गराउने मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव