पुस २९, म्याग्दी | बेनी नगरपालिकाको १०औँ नगरसभाबाट चालु आर्थिक वर्ष २०७८/७९ का लागि वडास्तरमा १० योजना थपिएका छन् ।  

यसअघि गत असारमा सम्पन्न सभाबाट ३०८ वटा पूर्वाधारसम्बन्धी योजना र १६२ वटा कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, म्याग्दी | बेनी नगरपालिकाको १०औँ नगरसभाबाट चालु आर्थिक वर्ष २०७८/७९ का लागि वडास्तरमा १० योजना थपिएका छन् ।  

यसअघि गत असारमा सम्पन्न सभाबाट ३०८ वटा पूर्वाधारसम्बन्धी योजना र १६२ वटा कार्यक"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनी नगरपालिकामा योजना थपिए

२९ पुष २०७८, बिहीबार ०६:४९

पुस २९, म्याग्दी | बेनी नगरपालिकाको १०औँ नगरसभाबाट चालु आर्थिक वर्ष २०७८/७९ का लागि वडास्तरमा १० योजना थपिएका छन् ।  

यसअघि गत असारमा सम्पन्न सभाबाट ३०८ वटा पूर्वाधारसम्बन्धी योजना र १६२ वटा कार्यक्रमका लागि रु २३ करोड २६ लाख ८५ हजार विनियोजन गरिएको थियो । दश योजनाका लागि रु ८० लाख विनियोजन गर्ने र १२ योजना संशोधन गर्ने प्रस्ताव नगरसभाले पारित गरेको छ । “दशवटै वडामा रु आठ–आठ लाखका दरले एक–एक योजनाका लागि बजेट विनियोजन गरिएको छ”, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भन्नुभयो, “वडा समितिले सिफारिस गरेका आठ तथा प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक विकासतर्फ दुई–दुई योजना संशोधन भएका छन् ।”

सभाले बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न रु १० लाख विनियोजन गरेको छ । सभाले चालुतर्फको रु ४५ करोड ८१ लख १० हजार र पूँजीगततर्फको रु २४ करोड ९६ लाख ६१ हजार संशोधित बजेट पारित गरेको छ । हालसम्म चालुतर्फको रु १६ करोड ८५ लाख चार हजार (३७.८५) र पूँजीगततर्फ रु दुई करोड ९५ लाख ३५ हजार (१२.४८) प्रतिशत बजेट खर्च भएको प्रगति विवरण नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गर्नुभयो ।

यस वर्ष बजेट विनियोजन भएकामध्ये ३० योजना सम्पन्न र ४३ सम्झौता भइसकेका तथा अन्य कार्यान्वयनको चरणमा छन् । कूल रु चार करोड १२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको बेनी नगरपालिकाले पुस २५ गतेसम्म रु एक करोड ६९ लाख २९ हजार (४१.०९) प्रतिशत राजस्व सङ्कलन गरेको छ । रु दुई लाखभन्दा कम बजेटका योजना वडामै सम्झौता, रु १० लाखभन्दा कम बजेटका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना निर्माण व्यवसायीमार्फत कार्यान्वयन गर्ने नगरपालिकाले नीति लिएको छ । 

नगरपालिकाले सडक, सिँचाइ, खानेपानी, नदी तथा पहिरो नियन्त्रण, पदमार्ग र भवन निर्माणसम्बन्धी आयोजनालाई प्राथमिकता दिएको छ । रावण उद्यान, खुलामञ्च विस्तार, गलेश्वर–गिठिनी–पात्लेखेत सडक, अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक, कालीपुल बसपार्क, गौस्वारा तमाने खानेपानी योजना, एकीकृत जामुनाखर्क खानेपानी, खबरा खानेपानी योजना, क्याम्पस चोक तथा मङ्गलाघाट भलबाढी नियन्त्रण र तातोपानी कुण्ड व्यवस्थापन तथा प्राकृतिक चिकित्सालय सञ्चालन नगरपालिकाका गौरवका आयोजना हुन् । 

आवधिक योजना बनाएको र मध्यकालीन खर्च योजना तर्जुमाको क्रममा रहेको बेनी नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका ११ मुद्दामध्ये दुई फस््र्योट भएका छन् । नगरपालिकाका १९ हजार ८०८ जनालाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । विपद्का कारण क्षति पुगेका ५७ परिवारलाई रु ३२ लाख राहत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु