पुस २९, म्याग्दी | बेनी नगरपालिकाको १०औँ नगरसभाबाट चालु आर्थिक वर्ष २०७८/७९ का लागि वडास्तरमा १० योजना थपिएका छन् ।  

यसअघि गत असारमा सम्पन्न सभाबाट ३०८ वटा पूर्वाधारसम्बन्धी योजना र १६२ वटा कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, म्याग्दी | बेनी नगरपालिकाको १०औँ नगरसभाबाट चालु आर्थिक वर्ष २०७८/७९ का लागि वडास्तरमा १० योजना थपिएका छन् ।  

यसअघि गत असारमा सम्पन्न सभाबाट ३०८ वटा पूर्वाधारसम्बन्धी योजना र १६२ वटा कार्यक"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनी नगरपालिकामा योजना थपिए

२०७८, २९ पुष बिहीबार ०६:४९

पुस २९, म्याग्दी | बेनी नगरपालिकाको १०औँ नगरसभाबाट चालु आर्थिक वर्ष २०७८/७९ का लागि वडास्तरमा १० योजना थपिएका छन् ।  

यसअघि गत असारमा सम्पन्न सभाबाट ३०८ वटा पूर्वाधारसम्बन्धी योजना र १६२ वटा कार्यक्रमका लागि रु २३ करोड २६ लाख ८५ हजार विनियोजन गरिएको थियो । दश योजनाका लागि रु ८० लाख विनियोजन गर्ने र १२ योजना संशोधन गर्ने प्रस्ताव नगरसभाले पारित गरेको छ । “दशवटै वडामा रु आठ–आठ लाखका दरले एक–एक योजनाका लागि बजेट विनियोजन गरिएको छ”, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भन्नुभयो, “वडा समितिले सिफारिस गरेका आठ तथा प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक विकासतर्फ दुई–दुई योजना संशोधन भएका छन् ।”

सभाले बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न रु १० लाख विनियोजन गरेको छ । सभाले चालुतर्फको रु ४५ करोड ८१ लख १० हजार र पूँजीगततर्फको रु २४ करोड ९६ लाख ६१ हजार संशोधित बजेट पारित गरेको छ । हालसम्म चालुतर्फको रु १६ करोड ८५ लाख चार हजार (३७.८५) र पूँजीगततर्फ रु दुई करोड ९५ लाख ३५ हजार (१२.४८) प्रतिशत बजेट खर्च भएको प्रगति विवरण नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गर्नुभयो ।

यस वर्ष बजेट विनियोजन भएकामध्ये ३० योजना सम्पन्न र ४३ सम्झौता भइसकेका तथा अन्य कार्यान्वयनको चरणमा छन् । कूल रु चार करोड १२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको बेनी नगरपालिकाले पुस २५ गतेसम्म रु एक करोड ६९ लाख २९ हजार (४१.०९) प्रतिशत राजस्व सङ्कलन गरेको छ । रु दुई लाखभन्दा कम बजेटका योजना वडामै सम्झौता, रु १० लाखभन्दा कम बजेटका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना निर्माण व्यवसायीमार्फत कार्यान्वयन गर्ने नगरपालिकाले नीति लिएको छ । 

नगरपालिकाले सडक, सिँचाइ, खानेपानी, नदी तथा पहिरो नियन्त्रण, पदमार्ग र भवन निर्माणसम्बन्धी आयोजनालाई प्राथमिकता दिएको छ । रावण उद्यान, खुलामञ्च विस्तार, गलेश्वर–गिठिनी–पात्लेखेत सडक, अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक, कालीपुल बसपार्क, गौस्वारा तमाने खानेपानी योजना, एकीकृत जामुनाखर्क खानेपानी, खबरा खानेपानी योजना, क्याम्पस चोक तथा मङ्गलाघाट भलबाढी नियन्त्रण र तातोपानी कुण्ड व्यवस्थापन तथा प्राकृतिक चिकित्सालय सञ्चालन नगरपालिकाका गौरवका आयोजना हुन् । 

आवधिक योजना बनाएको र मध्यकालीन खर्च योजना तर्जुमाको क्रममा रहेको बेनी नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका ११ मुद्दामध्ये दुई फस््र्योट भएका छन् । नगरपालिकाका १९ हजार ८०८ जनालाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । विपद्का कारण क्षति पुगेका ५७ परिवारलाई रु ३२ लाख राहत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से