२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

एकमहिने माधवनारायण मेलाबारे अन्योल

२ माघ २०७८, आईतवार ११:१७

माघ २, भक्तपुर | भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा सुरु हुने भनिएको माधवनारायण ब्रत तथा मेला अन्योलमा छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको उक्त मेलाबारे यस वर्ष कोरोनाका कारण अन्योल भएको हो । 

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने मेला सोमबारदेखि सुरु हुने भए पनि कोरोना भाइरसका कारण आजसम्म अन्योल नै छ । जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी सहभागी नहुन निर्देशन दिएको छ । ब्रतालुले आज जिल्ला प्रशासन कार्यालय र भक्तपुर नगरपालिकामा ब्रत तथा मेला निरन्तरताको माग गरेका छन् । 

माधवनारायण धलौँ (ब्रत) सेवा समिति हनुमानघाटका अध्यक्ष उद्धव खाइतुले सयौँ वर्षदेखिको मेला अन्योलमा परेको र परम्परा रोकिने डर भएपछि प्रशासन र नगरपालिका धाएको  बताउनुभयो । ब्रत बस्ने सबैले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र ब्रत परम्परा धान्न नौ जनाभन्दा बढी ब्रतालु नबस्ने गरी परम्रपरा चलाउन खोजेको उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परम्परा र धार्मिक कार्य रोक्ने प्रशासनको मनसाय नभएको तर २५ जनाभन्दा कम सङ्ख्यामा स्वास्थ्य मापदण्ड अपनाएर परम्परा चलाउन सकिने बताउनुभयो । हरेक वर्ष पौष शुक्ल पूर्णिमाको दिन हनुमानघाटस्थित त्रिवेणमा स्नान गरी, सूर्यलाई अर्घ दिएर माधवनारायणको पूजा गरेपछि सुरु हुने ब्रत माघ शुक्ल पूर्णिमामा सम्पन्न हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा