२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोभिड–१९ को मृतकका परिवारलाई आर्थिक सहयोग

२०७८, ३ माघ सोमबार ०६:२६

माघ ३, वालिङ | स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड–१९ का कारण ज्यान गुमाएकाको परिवारलाई रु २५ हजार उपलब्ध गराएको छ ।नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत केही रकम उपलब्ध गराउँदै आएको जनाएको छ । नगर प्रमुख दिलीपप्रताप खाँणले भन्नुभयो “कोभिड–१९ को महामारीका समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका बेला अभिभावकका रुपमा रहेको नगरपालिकाको तर्फबाट तत्कालका लागि राहत र काजकिरियाका लागि रकम उपलब्ध गराउँछौँ ।” 

नगरपालिकाले बनाएको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ लाई आधार मानेर कार्यपालिका बैठकबाट निर्णय गरी राहतस्वरुप उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ अनुसार रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो ।

“चालु आर्थिक वर्षको सुरुआतबाट राहत र काजकिरियाका लागि रु २५ हजार उपलब्ध गराउन सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “गत पुसको १५ सम्ममा ४९ ले लगिसक्नुभएको छ भने अब प्रक्रियामा ६० भन्दा धेरै हुनुहुन्छ, अझै निवेदन आइरहेकाले सङ्ख्या बढ्ने देखिन्छ ।” नगरपालिकाले गत पुस १५ सम्ममा ४९ जनालाई राहत र काजकिरियाबापत रु १२ लाख २५ हजार उपलब्ध गराइसकेको लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताउनुभयो ।

भुक्तानी दाबी गर्नका लागि कोभिड–१९ का कारण मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्युदर्ताको प्रमाण तथा सिफारिससहित नगरपालिका कार्यालयमा निवेदन दिएपछि मृतकको परिवारभित्रको सदस्यलाई रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह