२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गाउँपालिकाद्वारा कृषकलाई दूधमा अनुदान

२०७८, ४ माघ मंगलवार ०६:११

माघ ४, कास्की | कास्कीको माछापुच्छे गाउँपालिकाले कृषकलाई उत्पादनका आधारमा दूधमा प्रतिलिटर ५० पैसा अनुदान दिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्दा वास्तविक कृषकसम्म सरकारको सहयोग पुग्ने भएकाले सो कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा २५ लाख लिटर दूधमा अनुदान दिनका लागि रु १२ लाख ५० हजार विनियोजन गरेको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्र रहेका छवटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत सो अनुदान सम्बन्धित कृषकसम्म पुग्नेछ । उहाँले भन्नुभयो, “कृषकले उत्पादन गरेर सहकारीमा बिक्री गरेका आधारमा दूधमा अनुदान पाउनेछन् । जसले धेरै उत्पादन गर्न सक्छ, उसैले बढी अनुदान पाउनेछ ।”

अनुदान वितरण गर्नका लागि सहकारी संस्थाबाट प्रस्ताव आह्वान गरेको र छनोट गरिएकाले वितरण तत्कालै सुरु गरिने पौडेलले बताउनुभयो । सहकारी संस्थाबाहेक आफैँ बजार खोजेर दूध बिक्री गर्ने कृषकले भने गाउँपालिकाले दिने सो अनुदान पाउने छैनन् । सहकारीमा बिक्रीका आधारमा मात्र अनुदान दिने नीति गाउँपालिकाको छ । शाखा प्रमुख पौडेलले भन्नुभयो, “सहकारीमा बिक्री गरेको रेकर्डका आधारमा चौमासिकरूपमा अनुदान कृषकलाई उपलब्ध गराउने छौँ ।”

उत्पादनका आधारमा अनुदान दिँदा कृषकलाई पेशाप्रति हौसला बढ्ने र थप उत्पादनमा केन्द्रित हुने हुँदा व्यावसायिक उत्पादनको विकास हुने विश्वास गाउँपालिकाको छ । माछापुच्छ«े गाउँपालिका जिल्लामै दूध उत्पादनमा अग्रणी स्थानमा छ । नौ वडा रहेकामा यहाँका अधिकांश वडामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको बताइन्छ ।

मुख्यगरी वडा नं ३ घाचोक, वडा नं ४ लाहाचोक र वडा नं ६ को धितालमा दूध उत्पादन बढी हुने गरेको छ । गाउँपालिकामा सहकारीमार्फत दैनिक छ हजार लिटर दूध बिक्री हुने शाखाको तथ्याङ्क छ । यसैगरी निजी फार्मको पाँच हजार गरी दैनिक ११ हजार लिटर दूध बिक्री हुने गरेको बताइन्छ ।  हालसम्म  गाउँपालिकामा २८० कृषि र पशु फार्म दर्ता छन् ।

गाउँपालिकाले चालु आव पशु सेवातर्फ यान्त्रिकीकरण कार्यक्रममा ५० प्रतिशत लागत साझेदारीमा घाँस काट्ने मेसिन कृषकलाई उपलब्ध गराउने भएको छ । यसका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ । यसैगरी पशु रोग नियन्त्रण र स्वास्थ्य शिविर तथा औषधि खरिद गरी कृषकलाई निःशुल्क वितरण गर्न रु १० लाख बजेटबाट औषधि खरिद प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ । यसै वर्षमा गाईको बाँझोपन निवारणका लागि शिविर सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह