माघ ४, बैतडी | जिल्ला प्रशासन कार्यालयले यहाँका स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ । 

कोभिड–१९ को पछिल्लो नयाँरुप ओमिक्रोनको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, बैतडी | जिल्ला प्रशासन कार्यालयले यहाँका स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ । 

कोभिड–१९ को पछिल्लो नयाँरुप ओमिक्रोनको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्रशासनद्वारा पालिकालाई बारअनुसारको सेवा

२०७८, ४ माघ मंगलवार ०६:४६

माघ ४, बैतडी | जिल्ला प्रशासन कार्यालयले यहाँका स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ । 

कोभिड–१९ को पछिल्लो नयाँरुप ओमिक्रोनको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा दिने भएको हो । यही माघ ७ गतेदेखि लागू हुने गरी  पालिकाका नागरिकलाई बार अनुसार सेवा दिइने कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । 

आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिका, सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिका, मङ्गलबार दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका, बुधबार सुर्नया गाउँपालिका, बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाटै नागरिकता प्रदान गरिनेछ । 

प्रशासनमा सेवा लिन आउँदा खोपको पूर्ण मात्र लगाएको कार्ड वा कार्डको फोटो खिचेर ल्याउनु्पर्ने तथा स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने छ । कोरोनाको जोखिम बढ्दै गएपछि २५ जना भन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन प्रशासनले सूचनामार्फत आग्रह गरेको छ । स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई एक हप्ताभित्र खोप लगाईसक्नुपर्ने र त्यसको लागि कार्यतालिका बनाएर कार्यान्वयन गर्नुपर्ने सूचनामा उल्लेख छ । जिल्लामा हालसम्म कोरोनाबाट १९ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ