माघ ४, बलेवा | कोरोना सङ्क्रमण बढिरहेका बेला पोखरा विश्वविद्यालयका विद्यार्थी सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले जनचेतनामूलक ब्यानर तथा पर्चा लिएर आएका हुन् ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, बलेवा | कोरोना सङ्क्रमण बढिरहेका बेला पोखरा विश्वविद्यालयका विद्यार्थी सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले जनचेतनामूलक ब्यानर तथा पर्चा लिएर आएका हुन् ।<"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कोरोना सचेतनामा विद्यार्थीदेखि प्रहरीसम्म

४ माघ २०७८, मंगलवार ०८:२९

माघ ४, बलेवा | कोरोना सङ्क्रमण बढिरहेका बेला पोखरा विश्वविद्यालयका विद्यार्थी सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले जनचेतनामूलक ब्यानर तथा पर्चा लिएर आएका हुन् ।

उनीहरुले सार्वजनिकस्थानमा ब्यानर टाँगेका छन् भने सार्वजनिक यातायातमा यात्री र चालकलाई सचेतनामूलक सन्देश दिने, मास्क वितरण र कोरोनाबाट बच्न अपनाउनुपर्ने दूरीको बारेमा सिकाएका छन् । उनीहरुले यात्रीलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । “हामीले जानेको सेवा प्रवाह र सन्देश दिन खोजेका हौं”, टिम लिडर अभिनाश अधिकारीले भन्नुभयो,“स्वास्थ्य कार्यालयको अनुमति र मापदण्डअनुसार मात्रै काम गरेका हौं ।” उनीहरुले चोकमा अनावश्यक बसेकालाई सुरक्षित रहन आग्रह गरेका थिए ।

व्यक्तिगत खर्चमा आएका उनीहरुलाई कार्यक्रम गर्ने स्थानको बारेमा स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले सघाउनुभयो । बसपार्क, जिपपार्क, विद्यालय, जिम हल तथा कफी सपमा भीड हुनसक्ने भन्दै ती स्थानमा पनि पुगेर सचेतना बढाउने र मास्क लगाउन प्रेरित गराउन लगाएको घिमिरेले जानकारी दिनुभयो । 

“पब्लिक हेल्थका धेरै विषय जानकारी गराउन हिँडेका हौँ, संयोगले कोरोनाको महामारी आएकोले विषय केन्द्रीत भएका हौं”, अधिकारीले भन्नुभयोे, “अन्य समस्याका बारेमा पनि जनतालाई सचेतना गराउनेछौं ।” केही दिन बागलुङमा सचेतना अभियान चलाएपछि अन्य क्षेत्रमा पनि पुग्ने उहाँले बताउनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले पनि सचेतनाका अभियान चलाएको छ । चोक–चोकमा बसेर लाइसेन्स परीक्षण गर्ने ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले मास्कसमेत वितरण गर्नुभएको छ । उहाँले मास्क नलगाई हिँडेकालाई सम्झाउने काम गर्नुभएको छ । 

तीन दिनदेखि उहाँले चोक–चोकमा यो अभियान सुरु गर्नुभएको हो । “कतिले भुलेका होलान, कतिले लापरबाही गरेका होलान, सम्झाएर अनिवार्य मास्क लगाउन भनेको छु”, उहाँले भन्नुभयो, “नभएकालाई वितरण गरेका छौं ।”

गृहमन्त्रालयले पनि केही मास्क जिल्ला तहमा पठाएकोले जिल्ला प्रहरीको समेत प्रतिनिधित्व गरेर ट्राफिक प्रहरीमार्फत मास्क वितरण भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो ।

त्यस बाहेक सामुदायिक सेवा प्रहरी समेतको सहभागितामा कालीका मन्दिर परिसर, बसपार्क जस्ता स्थानमा पनि सचेतनाका क्रियाकलाप सञ्चालन हुन थालेका छन् । भीड नगर्ने, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने, निस्कनु पर्दा अनिवार्य मास्क लगाउने, साबुनपानीले हात धुने जस्ता सन्देश प्रहरी र स्वंसेवकमार्फत प्रवाह गरिएको सामुदायिक प्रहरी सेवा रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्यले बताउनुभयो । 

जिल्ला प्रशासन र प्रहरीले मालढुङ्गामा पनि केही सचेतना अभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताउनुभयो । “विशेषगरी भारत र अन्य देशबाट आएका नागरिक छन् भने सोझै उनीहरुको वडा अध्यक्षमार्फत सम्पर्क गराएर केही दिन होम क्वारेन्टिन बस्न लगाएका छौं”, ढकालले भन्नुभयो, “हेल्प डेक्स र होल्डिङ सेन्टर बनाउने विषयमा पनि छलफल भएको छ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान