माघ ४, रामपुर (पाल्पा) |  सङ्घीयता कार्यान्वयनमा आएपछि उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । सङ्घीयता कार्यान्वयन हुनुभन्दा अगाडि जिल्ला प्रशासन कार्यालयको मातहतमा बजारका पसल,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, रामपुर (पाल्पा) |  सङ्घीयता कार्यान्वयनमा आएपछि उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । सङ्घीयता कार्यान्वयन हुनुभन्दा अगाडि जिल्ला प्रशासन कार्यालयको मातहतमा बजारका पसल,"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

बजार अनुगमन फितलो

४ माघ २०७८, मंगलवार ०९:१८

माघ ४, रामपुर (पाल्पा) |  सङ्घीयता कार्यान्वयनमा आएपछि उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । सङ्घीयता कार्यान्वयन हुनुभन्दा अगाडि जिल्ला प्रशासन कार्यालयको मातहतमा बजारका पसल, व्यवसाय र उद्योगको अनुगमन गरिन्थ्यो । स्थानीय तहलाई बजार अनुगमनको जिम्मेवारी दिइएपनि प्रभावकारिता भने देखिएको छैन । अनुगमन देखाउनका निम्ति मात्रै गरेको देखिन्छ । 

पालिकाका उपप्रमुखको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति गठन गरी समय समयमा बजारका पसल, व्यवसाय र उद्योगको अनुगमन गर्ने काम भएको छ । अनुगमनको प्रभावकारिता नभएको भन्दै रामपुरका बासिन्दाले गुनासो गरेका छन् । “अनुगमन धेरै पटक गरेको देखियो, तर देखाउनका लागि मात्रै गरेको पाइयो”, बेझाड बजारका व्यापारी शिव श्रेष्ठले भन्नुभयो ।  

 व्यापारीले सडक पेटी मिचेर मनपरीरुपमा सामान राख्ने गरेका कारण बजारमा दुर्घटनाको जोखिम बढेको ओमशान्ति फोटो स्टुडियोका सञ्चालक शिव पाण्डेय बताउनुहुन्छ । “बजार बढ्दै गएको छ, कतिपय व्यापारीले सडक मिचेर सामान राख्ने गरेका छन्, त्यसको निगरानी छैन”, उहाँले भन्नुभयो । अनुगमनमा क्रममा पटक–पटक सडक, पेटीमा लथालिङ्ग सामान राख्ने, केही पसल दर्ता नभएको, नवीकरण नगरेको, सरसफाइ नभएको, म्याद नाघेका सामान बिक्री गर्ने गरेको पाइएको छ ।

“व्यापारीले नै नियम र कानुन मिचेर व्यापार गरिरहेका छन्, पटक–पटक नियमको पालना गर्न पत्र काटेर सुझाव दिने गरेपनि सुधार हुन सकेको छैन”, अनुगमन समितिका संयोजक एवं रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले भन्नुभयो, “व्यापारीलाई मौखिक र लिखित रुपमा नियमको पालना गराउन आदेश दिइएको छ, अब नियम मिच्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउँछौँ ।” बजार अनुगमनको प्रभावकारिता नदेखिएको उपप्रमुख आचार्य स्वीकार गर्नुहुन्छ । 

 नगर उपप्रमुख संयोजक रहेको समितिको सदस्य सचिवमा कार्यालयको उपभोक्ताहित संरक्षण हेर्ने शाखा प्रमुख रहने व्यवस्था छ । रामपुर नगरपालिकाको आर्थिक समितिका संयोजक, इलाका प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि, खाद्य, गुणस्तर, औषधि÷जनस्वास्थ्य÷उद्योग वाणिज्य हेर्ने (उपलब्ध भए सम्मका क्षेत्रगत विषय हेर्न) शाखाका प्रमुख÷प्रतिनिधि, सम्बन्धित उद्योग वाणिज्य सङ्घको प्रतिनिधि, उपभोक्ता हित संरक्षणमा क्रियाशील संस्था वा व्यक्तिमध्येबाट एक जना सदस्य रहने व्यवस्था छ ।

स्थानीय तहको निर्वाचन पश्चात् रामपुर नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा हालसम्म आठ पटक बजार अनुगमन गरेको पाइएको छ । विसं २०७६ चैत २० गते, २०७७ असार २२ गते र २३ गते, साउन १४ र २० गते, भदौ १, कात्तिक २७ तथा २०७८ पुस १८ गते बजार अनुगमन गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख युवराज पन्थीले जानकारी दिनुभयो । राज्य पुनःसंरचना हुनुभन्दा अघि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बजार अनुगमन गरिन्थ्यो । 

अहिले स्थानीय सरकारलाई अधिकार दिएपछि बजार अनुगमन गर्ने गरिए पनि पनि फितलो हुने गरेको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “स्थानीय सरकारलाई अधिकार दिँदा त्यति प्रभावकारी देखिएको छैन, व्यापारीले पनि नियम कानुनलाई पालना नगर्ने र स्थानीय सरकारले नियम मिचेर व्यवसाय गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसक्दा अनुगमन फितलो देखियो” ।

रामपुर क्षेत्रमा मात्रै करिब एक हजार ७०० घरेलु तथा साना उद्योग दर्ता छन् । दर्ता भएका र नभएका गरी करिब दुई हजारको हाराहारीमा उद्योग छन् । अनुगमन समितिले नियम र कानुन मिचेर व्यवसाय गरेका व्यापारी तथा उद्योगीलाई गल्ती कमजोरी सुधार गर्न सुझाव पत्र दिने गरेको छ । तर समितिले त्यो सुझाव पत्र अनुसार तोकिएको समयभित्र सम्बन्धित व्यापारीले कार्यान्वयन गर्यो गरेन त्यसको निगरानी भने गरेको छैन । समितिले दिएको सुझावलाई अवलम्बन नगर्दा बजार अनुगमनको प्रभावकारिता देखिँदैन । समितिले निरन्तर सुधार भयो भएन भनेर पुनः अनुगमन नगर्ने परिपाटी व्याप्त छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य