माघ ५, बनेपा | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ गोरखनाथ डाँडामा पञ्चधातुबाट निर्माण गरिएको गणेश मूर्तिको अनावरण गरिएको छ । स्थानीय बासिन्दाको चन्दा सहयोगबाट निर्माण गरिएको सो नौ फिट अग्लो मूर्तिको १००८ स्वामी रमणानन्द गिरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, बनेपा | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ गोरखनाथ डाँडामा पञ्चधातुबाट निर्माण गरिएको गणेश मूर्तिको अनावरण गरिएको छ । स्थानीय बासिन्दाको चन्दा सहयोगबाट निर्माण गरिएको सो नौ फिट अग्लो मूर्तिको १००८ स्वामी रमणानन्द गिरी"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

नौ फिट अग्लो गणेश मूर्ति अनावरण

५ माघ २०७८, बुधबार ०६:११

माघ ५, बनेपा | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ गोरखनाथ डाँडामा पञ्चधातुबाट निर्माण गरिएको गणेश मूर्तिको अनावरण गरिएको छ । स्थानीय बासिन्दाको चन्दा सहयोगबाट निर्माण गरिएको सो नौ फिट अग्लो मूर्तिको १००८ स्वामी रमणानन्द गिरी, पनौती नगरप्रमुख भीम न्यौपानेले संयुक्त रुपमा  अनावरण गर्नुभएको हो ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष रामकुमार बस्नेतले गोरखनाथ मन्दिर डाँडामा रहेको खाली भिरालो जग्गामा करिब रु ७१ लाख रकम सङ्कलन भएकामा करिब रु ६२ लाख बराबरको लागतमा गणेश मूर्तिलगायत वरिपरि बाटिकासमेत निर्माण गरेको बताउनुभयो । बाँकी रहेको रकम संरक्षण कोषमा राखिएको समितिले जनाएको छ ।

वरिपरि वन जङ्गलले घेरएको बीचको अग्लो ठाउँमा रहेको डाँडामा रहेको मन्दर नजिकै गणेशको मूर्ति स्थापना गरिएको छ । गोरखनाथडाँडामा रहेको सो मन्दिरसँगै मन्दिरको ठीक अगाडि निर्माण गरिएको गशेणको मूर्ति र बाटिकाले त्यहाँको धार्मिक पर्यटनका लागि अर्को आकर्षण केन्द्र बनेको छ । गणेशको मूर्ति स्थापनासँगै निर्माण गरिएको बाटिकाले त्यहाँ पुग्ने धार्मिक पर्यटन एवं भक्तजनलाई थप आकर्षक तुल्याएको स्थानीय बासिन्दा बताउँछन् । बाटिकामा यसअघि वृक्षरोपण गरिएको छ ।

माघ महिनाभर लाग्ने बाह्रवर्षे मकर मेलाको अवसर पारेर सो क्षेत्रमा थप अर्को धार्मिक पर्यटनको गन्तब्य बनाउने उद्देश्यले निर्माण गरेको गणेश मन्दिर र बाटिकाले दर्शनार्थीलाई थप आनन्द प्रदान गर्नेमा गणेश मन्दिर निर्माण उपभोक्ता समिति आशावादी रहेको उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बताउनुभयो । मन्दिर परिसरमा निर्माण गरेको बाटिकाका कारण धार्मिक आकर्षणको नयाँ केन्द्र बनाउन मद्दत मिलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान